coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द

बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने भएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ। अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले जेठ २१ देखि २३ गतेसम्म बिदा दिइएको उपमहानगरको शिक्षा महाशाखाले जनाएको छ।  

उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, मदरसा र संस्थागत विद्यालयमा वर्षे बिदाबाट कट्टी हुने गरी तीन दिन विदा दिने निर्णय गरिएको शाखा अधिकृत लोकेन्द्र शाहीले जानकारी दिए।  

खजुरा गाउँपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द हुने जनाएको छ। गाउँपालिकालका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र मल्लले  सूचना जारी गर्दै विद्यालय बन्द गर्न निर्देशन दिएका छन्।  

अत्यधिक गर्मी भएका कारण विद्यार्थीलाई  पठनपाठनमा कठिनाइ भएकाले शिक्षा समितिको निर्णयअनुसार वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए। नेपालगञ्जमा हाल अधिकतम तापक्रम ३८ देखि ४१ डिग्रीको हाराहारीमा छ।

प्रकाशित: १९ जेष्ठ २०८० ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App