७ वैशाख २०८१ शुक्रबार
शिक्षा

अत्याधिक गर्मी बढेपछि रौतहटमा एक हप्ता विद्यालय बन्द गर्न सिफारिस

अत्यधिक गर्मी बढेर जनजीवन प्रभावित भएपछि एक हप्ताको लागि विद्यालय बन्द गर्न सिफारिस गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न सिफारिस गरेको हो।

इकाई प्रमुख राम विनय कुमार सिंहले बिहीबार गर्मी बिदा सम्बन्धमा एक सूचना जारी गर्दै रौतहटका सोह्र वटा नगरपालिका तथा दुई ओटा गाउँपालिका कार्यालयलाई एक हप्ता विद्यालय बन्द गर्न सिफारिस गरेका हुन्।

अत्यधिक गर्मीको कारण विद्यालयको पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बालबालिका मुर्छितसमेत पर्ने भएकोले वर्षे बिदाबाट कट्टा हुने गरी एक हप्ता विद्यालयमा गर्मी बिदा गरिदिनु हुन इकाई प्रमुख सिंहले अनुरोध गरेका हुन्।

जिल्लाको अधिकांश विद्यालयमा बिहानीको समयमा कक्षा संचालन भइरहेको भए पनि छुटीको बेलामा अत्यधिक गर्मी हुने तथा घर जान समस्या हुने भइरहेको देखिएको छ। यसै गरी विद्यार्थीको अत्यधिक चाप हुने कक्षाकोठामा अत्यधिक गर्मीका कारण विद्यार्थीलाई धेरै समस्या भइरहेको पनि देखिएको छ।

कक्षा संचालनमा कठिनाइ उत्पन्न भइरहेको तथा कतिपय विद्यालयमा बालबालिका अत्यधिक गर्मीले मुर्छित भएको सूचना आएकोले एक हप्ताको लागि विद्यालय बन्दको सिफारिस गरिएको इकाई प्रमुख सिंहको भनाइ छ।

प्रकाशित: १८ जेष्ठ २०८० १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App