१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

जिल्लाको दुई पालिकामा एक सय ३९  अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर  छन्। समावेशी शिक्षा परियोजनाले आइतबार यहाँ आयोजना गरेको सञ्चारकर्मीसँग छलफलका क्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो।

भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रहेका दुई सय ८९  अपाङ्ग बालबालिकामध्ये एक सय ३९ विद्यालय जान नपाएका हुन्। भरतपुरमा अपाङ्गता भएका बालबालिका एक सय दुई र कालिकामा ३७ विद्यालय बाहिर छन्।

भरतपुरभित्र ५० र कालिकामा १९ बालबालिका जटिल प्रकारको अपाङ्गता भएको पाइएको कार्यक्रममा राष्ट्रिय बहिरा महासंघकी शर्मिला तामाङले बताइन्। उनीहरूलाई घरमा नै गएर सेवा दिइंदै आएको उनले बताइन्।

इन क्लुसिभ फिउर्चस परियोजनाले दुई पालिकामा दुईवटा स्रोत केन्द्र सञ्चालन गर्दै आएको छ। भरतपुरको बालकुमारी माध्यमिक विद्यालय र कालिकाको रेडक्रस चोकमा केन्द्र सञ्चालन गर्दै आएको छ। भरतपुरमा अहिले तीन  र कालिकामा नौ  बालबालिका केन्द्रमा छन्।

अटिजम केयर चितवन सोसाइटीकी प्रमिला न्यौपानले जिल्लामा अटिजम भएका पाँच सयभन्दा बढी बालबालिकाको अभिभावक सम्पर्कमा आएको बताइन्। उनीहरूमध्ये तीन सय हाराहारी भरतपुरका छन्। विश्वमा जन्मने ४४  बालबालिकामध्ये एक जनामा अटिजमको समस्या देखिने गरेको उनले बताइन्। भरतपुरले सञ्चालन गरेको अटिजम विद्यालयमा अहिले ३१  बालबालिका पढ्दै छन्। रासस

प्रकाशित: ६ चैत्र २०७९ ०५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App