१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

प्याब्सनले भन्यो, राजनीतिक खिचातानीले शिक्षा क्षेत्र धरासायी

प्याब्सन सिन्धुलीको खेलकुद प्रतियोगिता समापन कार्यक्रममा सहभागि अतिथिहरु। तस्विर: अनिल भण्डारी

नीजिविद्यालयका सञ्चालकहरुले राजनीतिक सिष्टमका कारण शिक्षा क्षेत्र धरासायी हुदै गएको बताएका छन्। नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)का केन्द्रिय अध्यक्ष डिके ढुङगानाले राजनीतिक खिचातानीको प्रभाव पछिल्लो समय शिक्षा क्षेत्रमा समेत परेको बताए।  

प्याब्सन सिन्धुलीद्धारा आयोजित जिल्ला स्तरिय अन्तर विद्यालय प्याब्सन खेलकुद प्रतियोगिताको समापनका अवसरमा सिन्धुली आएका ढुङगानाले दैनिकजसो सत्ता फेरबदलले शिक्षा क्षेत्र समेत डुब्दै गएको आरोप लगाए। विद्यालय सञ्चालन गर्न छाडेर हामी राजनीतिमा आउन नपरोस्, उनले भने, राजनीतिक अवस्था यस्तै रहने हो भने हामी मुक दर्शक बनेर नाटक हेरेर बस्दैनौ। उनले प्याब्सनमा १३ हजार नीजि विद्यालय आवद्ध रहेको जानकारी दिदै तिविद्यालयमा ३० लाख बढी विद्यार्थी अध्ययनरत रहेको बताए । नीजिविद्यालयले गरेका उदारणिय कामका कारण सामुदायिक विद्यालय समेत सुधार भएको उनको भनाई  ।  

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख मेयर उपेन्द्रकुमार पोखरेलले नीजि विद्यालयसँग स्थानिय सरकारले सहकार्य गर्न तयार रहेको बताए । उनले पढाइको अलवा अतिरिक्त खेलकुद प्रतियोगिताले विद्यार्थीको सर्वागिण विकासमा सहयोग पुग्ने जनाए। नगरपालिकाले आयोजना गरेको खेलकुद प्रतियोगितामा समेत प्याब्सनको तर्फबाट सहभागिता गराई सहकार्य गर्न उनले आग्रह गरे । प्याब्सनका जिल्ला अध्यक्ष मनोज प्रधानले सभ्य समाज र मुलुक निर्माणमा शिक्षाको ठुलो प्रभाव पर्ने भएकाले शिक्षा क्षेत्रको विकासमा लाग्नुपर्ने बताए। उनले गुणस्तरिय शिक्षा प्रदान गर्न सिन्धुलीका नीजि विद्यालय कटिबद्ध भएको समेत जानकारी गराए। 

कार्यक्रममा समाजसेवी टंकबहादुर श्रेष्ठ र प्याब्सन सिन्धुलीका पुर्व अध्यक्ष सतिशचन्द्र ढकाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। फागुन १३ गतेदेखि सञ्चालनभएको खेलकुद प्रतियोगितामा सहभागिभई विभिन्न खेल विधामा उत्कृष्ठ हुने प्रथम द्धितिय तृतिय र सान्त्वना भएको विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो। दुई नगरपालिका र सातगाउपालिका रहेको सिन्धुलीका झन्डै ३० नीजि विद्यालयहरुको पाँच सय विद्यार्थीको सहभागितामा प्रतियोगिता भएको प्याब्सन सिन्धुलीका बरिष्ठ सल्लाहकार तथा सिद्धस्थली इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपलओम प्रधानले जानकारी दिए ।  

प्रकाशित: १६ फाल्गुन २०७९ १४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App