१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

कपिलबस्तुलाई साक्षर जिल्ला घोषणा गरिने

शिक्षा क्षेत्रमा निकै पछि परेको कपिलबस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न निर्णय गरिएको छ। जिल्ला समन्वय समिती कपिलबस्तुले आयोजना गरेको पाचौं जिल्ला सभाबाट जिल्लालाई चालु आर्थिक आर्थिक बर्ष ०७९।०८० भित्र साक्षर जिल्ला घोषणा गरिने भएको हो।

लुम्बिनी प्रदेशको कपिलबस्तु बाहेक सबै जिल्ला साक्षर घोषणा भइसकेको छ। त्यस्तै जिल्लाको साझा समस्याको रुपमा रहेको छाडा चौपायाहरुको स्थायी रुपले दिगो व्यवस्थापन गर्न सम्भावित स्थानको पहिचान गरि सबै स्थानीय तहहरुको समन्वय, साझेदारी र सहभागीतामा बिस्तृत कार्ययोजना तयार गर्नका लागि आवश्यक सहजीकरण तथा समन्वय गरिने छ।

यस्तै बालविवाह तथा लैंगिक हिंसा अन्त्य र युवा विकास सम्बन्धी निती तथा कार्यक्रम संचालन गर्ने निर्णय गरिएको हो। वातावरण मैत्री जिल्ला घोषणा गर्ने क्रममा अत्याधिक प्रयोग भैरहेका प्लाष्टिक जन्य सामाग्रीबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत प्रतिकुल प्रभाव परेको समन्वयका प्रमुख बाबुराम आचार्यले बताए। जिल्लाका सबै स्थानीय तहहरु मार्फत सुचना प्रवाह तथा अभियानका रुपमा जनचेतना अभिवृद्धि गरी नियन्त्रणमा ल्याई  कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गरिने लगायतको निर्णय गरिएकोे उनले बताए।

‘जिल्लाका केही पालिका साक्षर घोषणा भएपनि केही वडाका कारण कही पालिका घोषणा गर्न बाँकी रहेका लागि चाडै नै घोषणा गरिने छ’ उनले भने। जिल्लालाई साक्षर घोषणा गर्न लुम्बिनी प्रदेश सरकार पनि विशेष चासोे देखाएर कार्य गर्नु पर्ने बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशबकुमार श्रेष्ठले बताए। छाडा चौपाया व्यवस्थापन गर्न चुनौती भए पनि यसका लागि प्रदेश र डिभिजन वन कार्यालय गौतमबुद्ध संग पनि सहकार्य गरिरहेको उनले बताए। कानुनी अडचनका कारण गाईगोरु व्यवस्थापन गर्न केही समस्या भएको नगर प्रमुख श्रेष्ठले बताए।

पालीकाहरुमा संचालित विकास निर्माणका कार्यहरुमा समन्वय समितिले बेलामौकामा अनुगमन गरे झन प्रभावकारी हुने शुद्धोधन गाँउपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले बताए। गत आर्थिक वर्षमा समन्वय समितिबाट शुद्धोधनमा ३२ योजना गए पनि ९ वटा मात्र सम्पन्न भएको उनले बताए। कार्यक्रममा समन्वय सभापति आचार्यले विभिन्न नितिहरुको प्रस्तुत गरेका थिए।

त्यस्तै कार्यक्रमम जिल्ला समन्वय प्रमुख भुमिराम पोखरेलले बजेट तथा कार्यक्रम र समन्वय समिती मौज्दात कोष अन्तरगत स्थानिय तहमा सञ्चालित योजनाहरुको विवरणको प्रस्तुति करण गरेका थिए। कार्यक्रममा जिल्ला स्थित १० वटै पालिकाका प्रमुख र उपप्रमुखको सहभागिता रहेको थियो।  

प्रकाशित: १४ पुस २०७९ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App