शिक्षामा लगानीको सार
मुलुकले शिक्षामा गरेको लगानीबाट प्रतिस्पर्धी जनशक्ति उत्पादन गरेर मात्र पुग्दैन, तिनलाई देशमै अड्याएर राख्ने नीति पनि हुनुपर्छ।
मुलुकले शिक्षामा गरेको लगानीबाट प्रतिस्पर्धी जनशक्ति उत्पादन गरेर मात्र पुग्दैन, तिनलाई देशमै अड्याएर राख्ने नीति पनि हुनुपर्छ।
अमेरिकी जलवायु विशेषदूत जोन केरीले गत साता चीनको ४ दिने भ्रमण सम्पन्न गरेका छन्। सामरिक हिसाबले विश्वका शक्तिशाली र उत्सर्जनका हिसाबले सबैभन्दा बढी प्रदूषक यी दुवै देशका नेताबीचको संवाद आफैमा महत्वपूर्ण छ।
सर्वसाधारण नेपालीले विदेशबाट लिएर आएका एक बोतल रक्सी वा एउटा मोबाइलमा आँखा लगाउनेहरूको ध्यान करोडौँको तस्करीमा जाँदैन। जाओस् पनि कसरी ? यसमा सबैको भागशान्ति हुन्छ।
मिटरब्याज पीडितले करिब ३ वर्षदेखि आफूहरूले न्याय पाउनुपर्ने तथा कानुनविपरित ब्याज असुल्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए।
नेपाल त्यस्तो देश हो जहाँ बेलाबेला अचम्म अचम्मका निर्णय हुन्छन्। यस्ता निर्णय जसले न अदालतले गरेका निर्णय र निर्देशन मान्छन् न त त्यसबाट सर्वसाधारणको संविधानप्रदत्त अधिकार प्रयोगमा पुग्ने हानि नै हेर्छन्।
गोठालो खेलखालमा लाग्यो भने गाईले बाली खानु अनौठो हुँदैन। त्यसैले यस्तो घटनामा सहकारी वा फाइनान्सका सञ्चालक, पदाधिकारी, कर्मचारी त दोषी हुँदै हुन, नियामक निकायको गैरजिम्मेवारीपन पनि उत्तिकै दोषी छ।
केही दिनअघि मात्र सोलुखुम्बूमा हेलिकोप्टर दुर्घटना भयो। जसमा ६ जनाको मृत्यु भयो। एकजना चालक नेपाली थिए भने ५ जना मेक्सिकोका नागरिक थिए।
संघीय संसद्मा प्रतिनिधि सभा र राष्ट्रिय सभा पर्छन्। यसमध्ये प्रतिनिधि सभामा विषयगत समिति निर्माण भएका छन्। खासमा प्रतिनिधि सभा जनसंख्याको तुलनामा निकै ठूलो छ।
डेंगी सार्ने लामखुट्टेले दिउँसो टोक्ने र यसले एकै दिनमा १० जनासम्मलाई भ्याउने भएकाले पनि डेंगीबाट बच्न पूर्णरूपमा सतर्क हुनुपर्ने अवस्था सिर्जेको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार यो सबै ठाउँको प्रतिवेदनमा आधारित नभएकाले मुलुकभर हेर्दा डेंगी संक्रमितको संख्या निकै बढी हुन सक्छ।
जोसँग ऋण लिएको हो, त्यस्तो ऋण उसैको किस्ता (सावाँ-ब्याज) भुक्तानीका लागि बुझाउनुपरेपछि यसबाट मुलुकले के लाभ पाउँछ? उल्टै ऋण थपिँदै जान्छ र तिर्नुपर्ने किस्ताको आकार झन् झन् वृद्धि हुँदै जान्छ।
दुनियाकै जति ठूलो हुँ भनेर गर्व गर्नेले समेत खाने यही किसानको उब्जनी हो। यस हिसाबले किसान यो धर्तीको सबै भन्दा सम्मानित प्राणी हुनुपर्ने हो ।
कोसी प्रदेशमा गत बिहीबार प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्य मन्त्रीमा नियुक्त गरे। चार दलको समर्थन लिएर गएका उनलाई प्रदेश प्रमुखले बहुमतका आधारमा मुख्य मन्त्रीमा नियुक्त गरेका हुन्।
गत बिहीबार २०७९ सालको एसइईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष उच्च जिपिए ल्याउनेको संख्या बढेको जनाउँदै नतिजालाई गत वर्षको तुलनामा ‘सुधार’ भएको दाबी गरेको छ।
असार मानो रोपेर मुरी उब्जाउने महिना हो। भूपरिवेष्ठित मुुलुक भएकाले यहाँका धेरै भूभाग भिरालो हुनु स्वाभाविक छ। त्यसैले यस्तो जमिनमा ट्रयाक्टर जस्ता आधुनिक औजार भन्दा गोरु, राँगा जस्ता जनावर खनजोतका लागि सहज हुन्छन्।
बाल मन्दिरबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्वामित्वमा आएको १५ रोपनी जग्गा हडप्ने कार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र प्रतिष्ठानकै पदाधिकारीहरू जे जसरी लागेका छन्, त्यो आपत्तिजनक छ।
भइरहेका विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक संस्था बनाउनतिर सरकारको ध्यान कम जाने गरेको छ। नयाँ विश्वविद्यालय निर्माणको घोषणा गर्ने होडबाजी यहाँ जहिल्यै छ। त्रिभुवन विश्वविद्यालयको गौरवपूर्ण इतिहास भए पनि त्यसलाई उम्दा बनाउनतिर ध्यान छैन।
सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यताको आदेश दिएपछि यो समुदायले लामो समयदेखि उठाउँदै आएको एउटा माग पूरा भएको छ। सर्वोच्च अदालतले ब्लु डायमन्ड सोसाइटीका तर्फबाट अध्यक्ष पिंकी गुरुङले यस सम्बन्धमा दायर गरेकी मुद्दाको सुनुवाइका क्रममा यस्तो आदेश जारी गरेको हो।
कानुनले नै पालिकाहरूले असार १५ मा बजेट जारी गर्नुपर्छ भनिसकेपछि त्यसलाई लत्याउनेमाथि सशक्त कारबाही आवश्यक छ। त्यति मात्र हैन, यसरी समयमै बजेट नल्याएबापत पालिकाबासीलाई हुने हानिको हिसाबकिताब गरी त्यसको क्षतिपूर्ति पनि सम्बन्धितबाट तिराउने नियम बसाल्नुपर्छ।
दुर्घटना अनुमान नमिल्दाको परिणाम हो। जसले सम्पत्ति मात्र हैन, ज्यानैसमेत लिइदिन सक्छ। पूरा हुनै नसक्ने क्षति गरिदिन्छ। अकल्पनीय हानिले बचेका मानिसलाई पनि सन्तुलन गुमाउने अवस्थामा पुर्याइदिन्छ।
दिवस जब उत्साह बोकेर आउँछ तब मात्र त्यो प्रिय बन्छ। जब दिवस वार्षिक कर्मकाण्डका रूपमा जबर्जस्ती उपस्थित हुन्छ, त्यसले न आकर्षण ल्याउँछ न त कुनै आशा नै।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा मिलिजुली खाएको प्रकरणको खाता पुनः खुलेको छ। यसअघि निकै चर्चित यो मुद्दा २ वर्ष थाती राखेपछि प्रहरीले फेरि कारबाही अघि बढाएको हो।
पशुपतिनाथमा नेकपा (एमाले)ले सरकारको नेतृत्व गरेका बेला जलहरी लगाइएको थियो। यस्तो जलहरी राखिँदा सुनको भनेर पित्तलको राखिएको आरोप सांसदले संसद्मा लगाएपछि सदनको कारवाही अवरोधसमेत भएको थियो।
संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले आफ्नै टेलिभिजन सञ्चालनमा ल्याउने भएको छ। आइतबार महानगर उपप्रमुख सुनिता डंगोलले टेलिभजन खोल्न ५ करोड रुपियाँ छुट्याइएको घोषणा गरिन्। महानगरको यो घोषणा कार्यान्वयन भयो भने अब नेपालीजनले ‘महानगर’ नाम गरेको अर्को टेलिभिजन पनि हेर्न-सुन्न पाउने छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपति पदको आवश्यकता नभएको बताएका छन्।