संसद तत्काल खुलाऊ
अन्ततः आइतबार प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठक पनि सदन खुलाउने विषयमा निर्णायक हुन सकेन। अर्थात, बन्द सदन खुलाउने तिथिमिति टुंगो लाग्न सकेन।
अन्ततः आइतबार प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठक पनि सदन खुलाउने विषयमा निर्णायक हुन सकेन। अर्थात, बन्द सदन खुलाउने तिथिमिति टुंगो लाग्न सकेन।
नेपाल विद्युत् प्राधिकरणले नियमितरूपमा निकाल्ने लोडसेडिङ (विद्युत् नआउने समय) तालिका सञ्चार माध्यममार्फत सार्वजनिक गर्थ्याे। जसमा २४ घण्टामा विद्युत् आउनेभन्दा नआउने समय बढी हुन्थ्यो।
राजनीतिक नेतृत्वबाट भएका निर्णयले पटक–पटक विवादमा पार्ने गरेको छ। विशेषगरी राजनीतिक समर्थन पाइरहनका निम्ति आफूले चाहेजस्ता निर्णय गर्ने बानी बसेको छ। यस्ता निर्णय गर्दा संविधान, कानुन र मान्य परम्परामा ध्यान दिन सकेको देखिएको छैन।
हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका ४ मा गत साउन २८ आइतबार राति आएको बाढी र यसले गरेको ठूलो क्षतिले सबैको ध्यान तानेको छ।
ललिता निवास प्रकरण छानबिनमा मन्त्रिपरिषद्, संसद् र संसदीय समितिका नीतिगत निर्णयमा पनि छानबिन गर्न सकिने सर्वोच्च अदालतको फैसलापछि राजनीतिक नेतृत्वमा एकाएक अत्यास छाएको छ।
दुनियाँ विकासको चरम आनन्दमा रमाउँदा हामीचाहिँ कस्तो दुष्चक्रमा रमाइरहेका छौँ भन्ने हो। यसरी हेर्दा यस्ता घटना हामीलाई हाम्रो स्तर मापन गर्न काफी देखिन्छन् जसबारे चिन्तन आवश्यक छ।
कसैले कसैलाई छिः छिः र दूरः दूरः गर्यो भने ‘कर्णालीलाई हेपे जस्तो’ भन्ने प्रतिक्रिया प्राप्त हुन्छ जोकसैको मुखबाट पनि। खासमा सबैतिरबाट हेपिएका कारण नै कर्णाली हेपाइ र पिल्साइको पर्याय बन्न पुगेको हो।
दुई वर्षअघि पृथ्वीको तापमान बढाउन जिम्मेवार मिथेन ग्यास उत्सर्जन कटौतीमा नेपालले प्रतिबद्धता व्यक्त गरेको हो।
नागरिकको गोपनीयतामाथि केही समययता विभिन्न नाममा हस्तक्षेपको खतरा बढ्दो छ। लोकतन्त्रका नागरिकको गोपनीयताको हक रक्षा राज्यको कर्तव्यभित्र पर्छ।
अझ खास गरेर शिक्षा, स्वास्थ्य जस्तो आधारभूत आवश्यकता परिपूर्ति गर्ने कार्यमा त नेपाल जस्तो देशमा सरकारले मात्र जिम्मा लिनै सक्दैन।
नेपालमा समथर भए पनि अधिकांश पहाड छन्। त्यसैले विशेषगरी उत्तरतिर लम्पसार परेर बसेका गगनचुम्बी ती पहाडले आफू वरिपरि आइपुगेका जलजन्य र ठोस पदार्थलाई ओरालो/भिरालो दक्षिणतर्फ फ्याँकिदिनु स्वाभाविक हो।
। दुई पूर्वप्रधानमन्त्रीमाथि पनि यसमा अनुसन्धान हुने भएपछि अहिलेसम्मको गुनासो केही हदसम्म संबोधन भएको छ। नीतिगत निर्णयको आवरणमा राजनीतिक नेतृत्वले अहिलेसम्म उन्मुक्ति लिँदै आएको छ।
हरिकृष्ण कार्की तिनै निवर्तमान प्रधानन्यायाधीश हुन् जसले कामु प्रधानन्यायाधीश हुँदा आफ्नै संयोजकत्वमा गठित एउटा समितिमार्फत अदालतमा हुने विसंगति, भ्रष्टाचार र बिचौलिया अन्त्यका लागि प्रतिवेदन तयार गरेका थिए।
विश्व तापमान अपेक्षा गरेभन्दा धेरै छिटो बढेको छ। यसले चुनौती सिर्जना गरेको सन्दर्भमा हरेक राष्ट्र र समुदायले भूमिका निर्वाह गर्नुपर्छ।
सर्वसाधारण रोग पहिचान र पहिचानपछि उपचारका लागि अस्पताल जान्छन्। अस्पताल नै बिरामी छन् भने सर्वसाधारणको कस्तो होला? देशको सबै भन्दा ठूलो र जेठो वीर अस्पताल आफैँ रोगले थलिएको छ।
प्रमुख दलका नेताको कामकारबाहीबाट आमवितृष्णा प्रकट भइरहँदा पनि अझै चेतेको देखिँदैन। मुलुकको संविधान र लोकतन्त्रलाई लयबद्ध गराउनुपर्ने प्रमुख राजनीतिक दलका नेताहरू यसलाई थप विकृत तुल्याउन उद्यत छन्।
स्वार्थको द्वन्द्व नेपालमा सबै भन्दा कम चर्चा भएको विषय हो। एकपछि अर्को घटनामा उच्चपदस्थ पदाधिकारी, राजनीतिक र अवाञ्छित क्रियाकलापमा संलग्न व्यक्तिबीच सम्बन्ध देखिएपछि आश्चर्य मान्ने गरिएको छ।
मुलुकका कुनै पनि निकाय, तह, व्यक्ति आदिमाथि अन्याय भयो भने न्याय माग्न जाने अन्तिम थलो हो न्यायालय। नेपाल मात्र हैन, प्रजातान्त्रिक व्यवस्था अपनाएका विश्वका जुनसुकै मुलुकमा पनि हुने यही हो। तर यसरी सबैलाई न्याय प्रदान गर्ने न्यायालय आफैँ अन्यायमा पर्यो भने त्यो मुलुकको न्यायको अवस्था कस्तो होला? उत्तरका लागि धेरै घोत्लिनै पर्दैन।
हाम्रा विद्यालयमा पढाइने पाठ्यपुस्तक आकर्षक छैनन्। त्यसैले यस्ता सामग्रीले विद्यार्थीको मन जित्न सकेका छैनन्। विद्यालय जानै गाह्राे मान्ने, गइहाले पनि भाग्ने, विभिन्न बहाना बनाएर बस्नै नमान्ने कारण पनि यही हो।
ठूलो र हिंसक जंगली जनावरका रूपमा चिनिन्छ बाघलाई। अनि मानिसलगायत आफूभन्दा कमजोर प्राणीको कालका रूपमा पनि लिइन्छ यसलाई। त्यसैले बिरालो जातिको बाघ शब्दै पनि धेरैजनाको सात्तो जाने कारण बन्दै आएको छ।
काठमाडौँमा साउन २ गते सुरु भएको नेपाली कांग्रेसको कार्यसमिति बैठक एक साता चलेर सकिएको छ। यो प्रतिनिधि सभामा प्राप्त सिटका आधारमा नेपालको सबै भन्दा ठूलो दल हो। सबैभन्दा ठूलो दल भएकै कारण यसका प्रत्येक गतिविधिमा सर्वसाधारणको निगरानी रहनु स्वाभाविक हुन्छ।
नेपालको यातायात क्षेत्रका थुप्रै समस्या छन्। जसमध्ये पुराना सवारी साधन एउटा हो। यस्ता साधनको अवस्था ठीक नहुँदा दुर्घटनाको सम्भावना बढी हुने गरेको छ।
कर्णाली प्रदेश अस्पतालले यतिखेर काठमाडौँमा गरिने मिर्गौला प्रत्यारोपण गर्छ।अप्थाल्मोलोजी, न्युरो सर्जरी र स्पाइनल सर्जरी सेवा उपलब्ध गराउँछ। अक्सिजन प्लान्टसँगै पाइप लाइन जडान पनि गर्छ।
राष्ट्र बैंकले अर्थमन्त्रीदेखि निजी क्षेत्रलाई मौद्रिक नीतिमार्फत खुसी बनाउन नसके तापनि रुष्ट पनि बनाएको छैन। यसको अर्थ राष्ट्र बैंकले कोरोनाकालभन्दा केही कडा र गत वर्षभन्दा नरम खालको मौद्रिक नीति सार्वजनिक गरेर सबैको चित्त बुझाउनेदेखि अर्थतन्त्रलाई सन्तुलित राख्ने प्रयास गरेको छ, जसलाई अन्यथा रूपमा लिन सकिँदैन। मौद्रिक नीतिमा राष्ट्र बैंकले लिएको यो मध्यमार्गी बाटोका कारण अर्थतन्त्रले फड्को नमारे तापनि संकटमा पनि पर्ने छैन।