सगरमाथा प्रालि
तथ्यांक भन्छ, सन् १९५३ देखि आजसम्मको ७१ वर्षे अवधिमा सगरमाथा आरोहण गर्नेको संख्या १२ हजार नाघिसकेको छ। नेपालबाट ८ हजारभन्दा बढी र तिब्बतबाट झन्डै चार हजारले यसको चुचुरो चुमिसकेका छन्।
तथ्यांक भन्छ, सन् १९५३ देखि आजसम्मको ७१ वर्षे अवधिमा सगरमाथा आरोहण गर्नेको संख्या १२ हजार नाघिसकेको छ। नेपालबाट ८ हजारभन्दा बढी र तिब्बतबाट झन्डै चार हजारले यसको चुचुरो चुमिसकेका छन्।
नेपालमा गल्ती गर्नेले खासै सजाय पाउँदैन किनकि उसले गल्तीसँगै त्यसबाट उन्मुक्ति पाउने मार्गसमेत अंगालिसकेको हुन्छ। विशेषगरी नेपालको कर्मचारीतन्त्रले यस्तो मार्गसँग निकै सामीप्यता राख्छ।
सधैंझैं यस वर्ष पनि जेठ १५ गते नयाँ बजेट सार्वजनिक गरिएको छ। समयमै बजेट ल्याएर कार्यान्वयनलाई प्रभावकारी बनाउन संविधानमै यो दिनमा बजेट आउने सुनिश्चित गरिएको छ।
नेपाल भूपरिवेष्ठिट मुलुक भएकाले रहस्यमयी डाँडाकाँडा, भिरपाखा र कुनाकन्दरा नै यहाँका प्राकृतिक देन हुन्। सगरमाथादेखि माछापुछ्रेसम्म सेफोक्सुन्डोदेखि रारासम्म अनि लुम्बिनीदेखि पोखरा हुँदै थुप्रै सम्पदाले सज्जित छ, नेपाल।
स्थानीयदेखि केन्द्रीय तहसम्म जननिर्वाचित प्रतिनिधिबाट शासन प्रणाली सञ्चालन हुने राजनीतिक व्यवस्था हो गणतन्त्र।
संसद्लाई यतिबेला जसरी सञ्चालन गरिँदैछ, त्यसले एउटा गम्भीर अवस्थातर्फ मुलुक उन्मुख रहेको संकेत गरिरहेको छ। मुलुककै सबैभन्दा ठूलो दल नेपाली कांग्रेस यतिबेला प्रमुख प्रतिपक्षी बेन्चमा रहेको छ।
सामाजिक तथा संरचनागत शक्ति असन्तुलन र निश्चित समुदायको विषयलाई जलवायु नीतिले आत्मसात् गर्नुपर्ने भन्दै जारी सन्देशमा ऊर्जा प्रणालीलाई कार्बनशून्य पार्न निजी क्षेत्रको सहकार्यको आवश्यकतालाई महत्त्व दिइएको छ।
संविधानले मुलुकमा प्रेस स्वतन्त्रता सुनिश्चित गरेको छ। सत्यतथ्य लेख्न र विवेक प्रयोग गर्न अहिलेसम्म डराउनुनपर्ने अवस्था रहेकोमा अहिले आएर सञ्चारमाध्यमलाई दबाबमा राख्न खोजिएको महसुस यस घटनाले गराएको छ।
नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ।
संसदीय अंकगणितका दृष्टिले उनैले विश्वासको मत पाउनेमा कुनै संशय थिएन तर उनले विश्वासको मत लिन जुन संसदीय प्रक्रिया र मर्यादा उल्लंघन गरे, त्यो लोकतान्त्रिक संसदीय अभ्यासको प्रतिकूल थियो भन्नुमा कुनै ‘यदि र तर’को शंका छैन।
यतिबेला कुनै चाडपर्व छैन, न गाउँमा बिहे, व्रतबन्ध न त पूजाआजाकै मेसो। तर पनि दार्चुलाको धौली ओडार सिंगारिएको छ। पालका रंगीचंगी कटेराले धैरैलाई आकर्षित गरिरहेको छ।
विकल्पको खोजी नगरी वनको जमिनमा मात्र सुकुमबासी बसाउने कार्य कदापि उचित मान्न नसकिने भन्दै अदालतले यसो भएमा वन र निकुञ्जमार्फत गरिएका वन संरक्षणका प्रयास निस्तेज हुने पनि उल्लेख गरेको छ।
समाचारका अनुसार समकक्षी कानका मेयर डेभिड लिसनार्दको निमन्त्रणामा उनी त्यहाँ पुगेका हुन्। तर, फ्रान्सको त्यो दक्षिणपूर्वी कुनोमा अरू समय र सन्दर्भमा पनि जान त सकिन्थ्यो होला नि ? यी र यस्ता जिज्ञासालाई खारेज गरिहाल्न पनि मिल्दैन ।
कर्णाली प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य भूभाग र कोसी प्रदेशको उत्तरपूर्वी भूभागमा अधिकतम तापक्रम सरदरमै रहने संभावना ३५ देखि ४५ प्रतिशत छ।
सर्वोच्च अदालतले झापास्थित गिरीबन्धु टि इस्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा वा स्थानान्तरणको व्यवस्थापन गर्न सरकारका नाममा परमादेश जारी गरेपछि उच्च राजनीतिक वृत्तमा परकम्प उत्पन्न भएको छ।
नीति तथा कार्यक्रम यस्तो अग्रिम घोषणा हो जसमा आगामी आर्थिक वर्षमा सरकारद्वारा गरिने मुख्य योजनाहरू समेटिएका हुन्छन्। यही कारण सरकारको नीति तथा कार्यक्रम सम्पूर्ण नेपालीका लागि चासोको विषय बन्ने गरको छ।
बर्खा सुरु हुने बेला भएको छ। बालीनाली, बोटविरुवा र स्वच्छ वातावरणका लागि बर्खा जरुरी छ। तर नेपालका सडकका लागि भने बर्खायाम अभिशाप बन्नेगर्छ ।
तरकारी नेपाली प्रत्येक भान्साको एक अनिवार्य खानेकुरा हो। प्रायः भात, रोटी र ढिँडो खाइने हाम्रो समाजमा तरकारीबिना यी खाद्यान्न खान गाह्रो हुन्छ। त्यसैले तरकारी अनिवार्य भएकै कारण खपत पनि निकै बढी हुने गर्छ।
सहकारी ठगी प्रकरणमा निरन्तर नाम जोडिएका गृहमन्त्री रवि लामिछाने सन्देहको घेरामा छन्।
आयोजनाअन्तर्गत सुनकोसीको पानी मरिन खोलामा खसालिन्छ जसबाट दक्षिणका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने आयोजनाको भनाइ छ।
चुरोट तथा सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छन्। यसलाई थप पुष्टि गर्नुपर्ने आवश्यकता छैन। त्यसैले मानव स्वास्थ्यका लागि यिनको सेवन र कारोबारबाट जति टाढा रह्यो, त्यति नै फाइदा हुन्छ।
सायद यही वास्तविकता महसुस गरेर होला, उदयपुरको कटारी नगरपालिकामा झाँगिदै गएको लागुपदार्थ दुव्र्यसन न्यूनीकरणका लागि आमाको संलग्नता अनिवार्य ठानिएको छ। र, ‘दुव्र्यसनविरुद्ध आमाहरू’ अभियान थालिएको छ।
विदेश भ्रमणमा रहेकै बेला अध्यक्ष उपेन्द्र यादवविरुद्ध विद्रोह गरी नयाँ दल निर्माण गर्न अशोक राईलगायतले पहल गरेका हुन्। गुट, फुट र विभाजन नेपाली राजनीतिको नियमित आकस्मिकता हो।
विक्रम संवत् २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ छ। जसमा महिला पुरुषभन्दा बढी अर्थात् ५१.०२ प्रतिशत छन्।