नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको भाउमा उल्लेख्य गिरावट आएको छ। बुधबार सुन प्रतितोला ११ सय रुपैयाँले घटेको छ।
महासंघले बुधबार सुनको मुल्य प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ। मंगलबार सुनको मुल्य २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो, जुन अघिल्लो दिनको तुलनामा १,४०० रुपैयाँले घटेको थियो।
त्यसैगरि बुधबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा तोकिएको छ । चाँदि हिजोको तुलनामा २५ रुपैयाँले कम हो।
प्रकाशित: १९ कार्तिक २०८२ ११:२० बुधबार





