७ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

अपडेट: जुटमिलमा लागेको आगो नियन्त्रणमा

पूर्वकै ठूलो जुट उद्योग सुनसरी दुहबी नगरपालिका-८, सोनापुरको अरिहन्त जुट मिल्समा शनिबार साँझ लागेको आगो नियन्त्रणमा आएको छ । यद्यपी आगो पूर्ण रुपमा भने निभेको छैन ।  

अचानक इलेक्टिकल सर्ट भएर लागेको आगो नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी, सुनसरी र मोरङका आठवटा वारुणयन्त्रले काम गरेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।  

उद्योगका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बजगाईंका अनुसार आगो नियन्त्रणमा आएसँगै अब अन्यत्र फैलिँदैन तर भित्रभित्रै सल्किँदै गएकाले पूर्ण रुपले निभाउन केही समय लाग्नेछ ।  

उनले भने, ‘जुटको भित्रभित्रै आगो पस्ने हुँदा त्यसलाई वारुणयन्त्रका लागि साहयताले निभाउने काम भइरहेको छ । समय लाग्छ । यति हो, अब खतरा भने टरेर छ ।’

आगलागीबाट उद्योगको चारवटा स्पेडर मेसिन जलेका छन् । यस्तै, कच्चा जुट र अर्ध तयारी जुटको रोल पनि जलेको छ । अहिलेसम्म भएको क्षतिको यकीन विवरण आउन बाँकी रहेको उनले बताए ।  

 

प्रकाशित: ६ मंसिर २०८२ २०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App