५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

खुल्यो तुम्लिङटार विमानस्थल

प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल सोमबार खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौं-तुम्लिङटार-काठमाडौं उडान सुरु भएको हो ।  

आजदेखि काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताए ।  

तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो । यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित: ४ फाल्गुन २०८२ १६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App