ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल लोडसेडिङ अवस्था नरहेको स्पष्ट पारेका छन्। आज धनगढीमा आयोजित एक कार्यक्रममा उनले विद्युत् निर्यात समेत भइरहेको हुँदा लोडसेडिङको अवस्था नरहेको बताए।
'गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ,' उनले भने, 'वर्षातका बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन्। मर्मत गर्न केही समय लाग्छ। यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ।'
प्रकाशित: १३ श्रावण २०८२ १०:२७ मंगलबार