२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

अझै अकासियाे सुनचाँदीको मूल्य

विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ। गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा ७०० र त्यति नै तौलको चाँदी ७० रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य दुई हजार ८१० रूपैयाँ निर्धारण भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।  

प्रकाशित: १२ आश्विन २०८२ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App