१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सवारी चालक कारबाहीबाट नौ लाख ३९ हजार राजस्व असुली

सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारी चालकबाट रु नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ।

उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारी चालक कारबाहीमा परेका थिए। 

यसैबीच, सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको जानकारी उनले दिए। दुर्घटनामा २३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए।

प्रकाशित: ६ फाल्गुन २०८२ ११:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App