२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
अर्थ

रसुवागढी अवरुद्ध भएपछि कोरला नाकाबाट भित्र्याइयो ओमोडा र जेइकुका गाडी

भीषण बाढीका कारण रसुवागढी सडकखण्ड अवरुद्ध भएपछि नेपालका लागि ओमोडा र जेइकुको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लि.ले मुस्ताङस्थित उत्तरी कोरला नाका हुँदै नयाँ गाडीहरू भित्र्याएको छ।

ग्राहकलाई तोकिएकै समयमा गाडी उपलब्ध गराउन वैकल्पिक मार्ग प्रयोग गरी सफलतापूर्वक डिस्प्याच गरिएका गाडीहरू अब देशभर वितरणको क्रममा रहेका छन्।

हालै सम्पन्न ‘नाइमा मोबिलिटी एक्स्पो’ तथा ‘नाडा अटो शो २०२६’ मा ओमोडा र जेइकुका गाडीप्रति उच्च आकर्षण र उल्लेख्य बुकिङ भएको थियो। सोही बुकिङअनुसार देशभरका डिलरहरूमा गाडी पठाउन थालिएको र छिट्टै ग्राहकलाई हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार आधुनिक प्रविधि र प्रिमियम कम्फर्टयुक्त ‘ओमोडा ई फाइभ’ र ‘ई फाइभ प्रो’ मा १९१ एमएम ग्राउन्ड क्लियरेन्स, इलेक्ट्रिक सनरुफ, लेभल २.५ एडास, भेन्टिलेटेड, हिटेड तथा मसाज सिटजस्ता सुविधा छन्।

त्यस्तै, ‘जेइकु जे फाइभ’ र ‘जे फाइभ प्रो’ मा १८५ एमएम ग्राउन्ड क्लियरेन्स, पानोरामिक मुनरुफ, ४८० लिटरको बुट स्पेस र १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन उपलब्ध छ।

साहसिक र लामो दूरीको यात्राका लागि लक्षित ‘जेइकु जे सिक्स टी’ मा यस सेग्मेन्टमै उत्कृष्ट २२५ एमएम ग्राउन्ड क्लियरेन्स, पानोरामिक सनरुफ, ६५.६९ किलोवाट आवर ब्याट्री, १३५ किलोवाट मोटर र ४३१ किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ।

गाडीहरू देशभरका आधिकारिक डिलरशिपमा पुगिसकेकाले यसअघि बुकिङ गरेका ग्राहकले तत्काल गाडी पाउनेछन् भने नयाँ ग्राहकले नजिकको शोरुममा पुगेर टेस्ट ड्राइभ तथा नयाँ बुकिङ गर्न सक्ने एसपीजी अटोमोबाइल्सले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०८३ २०:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App