११ माघ २०८२ आइतबार
image/svg+xml
अर्थ

बुधबारदेखि नै खुल्ने नेप्से

 नेपाल स्टक एक्स्चेन्जले बुधबारदेखि बजार सञ्चालनमा ल्याउने भएको छ ।  

नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि धितोपत्र बजार समय छोट्याएर बजार खोल्ने निष्कर्षमा पुगेको हो । जेनजी आन्दोलनलाई कारण देखाउँदै एक्स्चेन्जले सूचना निकालेर असोज २ गतेसम्म कारोबार बन्द हुने जनाएको थियो ।

पछिल्लो समय अवस्था सामान्य बन्दै गएको, बजारमा चहलपहल सुरु भएको तथा चाडवर्प नजिकिँदै गएकाले सम्बन्धित सबै पक्षसँगको छलफल पछि बजार खोल्ने निष्कर्षमा पुगेको एक अधिकारीले जानकारी दिए । नेपाल स्टक एक्स्चेन्जले आगामी आइतबारदेखि मात्र कारोबार थाल्ने तयारी गरेको यियो । 

पछिल्लो समय उत्साहजनक नदेखिएको नेप्से २६७२.२५ विन्दुमा छ ।  

प्रकाशित: ३० भाद्र २०८२ १७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App