६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम पचास करोडले बढ्यो

नेप्से परिसूचकमा मंगलबार सामान्य अंकको वृद्धि भएको छ । कारोबार भएको साताको दोस्रो दिन नेप्से ४.९० अंकले बढेर २६३९.९१ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.५४ अंक, फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले बढेको छ।  

नेप्सेसँगै कारोबार रकम पनि मंगलबार ५० करोडले बढेको छ। मंगलबार ३४९ स्टकको ७७ हजार १७ पटकको कारोबारमा ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।  

आज थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ७५ रुपैयाँ ६० पैसा बढेर ८३१ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने आज ६ प्रतिशतभन्दा बढीले घटेको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको राधी विद्युत कम्पनीको ५४ करोड ६५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। एसवाई प्यानल नेपालको करिब ३५ करोड रुपैयाँ र बुटवल पावर कम्पनीको कारोबार रकम २८ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।  

१३ उपसमूहमध्ये मंगलबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ भने बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य घटेको छ। 

प्रकाशित: २९ पुस २०८२ १५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App