२ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक आइतबार ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको छ।  

आइतबार सेन्सेटिभ इण्डेकस ०.४१ अंकले, फ्लोट इण्डेक्स ०.१४ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले बढेको हो।  

आइतबार कारोबार रकम भने २३ करोडले घटेको छ । आइतबार ३५० स्टकको १ लाख २४ हजार ४९० पटकको कारोबारमा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार रुपैयाँबराबरको ३ करोड ९५ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कारोबार हुने साताको अन्तिम दिन गत बिहीबार नेप्सेमा १४ अर्ब ५५ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।  

आज सोलु हाइड्रोपावर र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत र ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। यद्यपि दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आधारमा शीर्ष स्थानमा रहेको घलेम्दी हाइड्रोपावरको ८१ करोड १ लाख २१ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। रिडी पावर कम्पनीको करिब ६८ करोडर नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे ६२ करोड रुपैयाँ नाघेको छ।  

आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ। बाँकीको घट्यो । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.८३ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो। 

प्रकाशित: १ चैत्र २०८२ १५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App