१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अर्थ

नेप्सेमा सुधार, एकैदिन १११ अंकको वृद्धि, नौ अर्ब बढीको कारोबार

बजार परिसूचक नेप्सेमा आइतबार तेहेरो अंकको सुधार देखिएको छ । जेन-जी आन्दोलनका कारण लामो समय बन्द भएर गत बिहीबार खुलेका नेप्से १६० अंकले घटेको थियो ।  

कारोबार हुने साताको पहिलो दिन आज आइतबार भने १११.७० अंकले बढेर नेप्से २६२३.६२ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स १९.०७ अंक, फ्लोट इण्डेक्स ७.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.२५ अंक बढेको छ। आइतबार कारोबारमा आएका २२४ कम्पनीको सेयरमा वृद्धि भएको छ भने २८ वटाको घटेको छ।  

कारोबार रकममा पनि गत बिहीबारको तुलनामा उल्लेख्य वृद्धि भएको छ । गत बिहीबार ७२ करोडमा सीमित भएको करोबार आइतबार ९ अर्ब नाघेको छ । आइतबार ३२९ स्टकको एक लाख ८ हजार ९०८ पटकको कारोबारमा ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार मूल्य बराबरको २ करोड ३२ हजार २२४ सेयर खरिदबिक्री भएको छ ।  

१६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आइतबार सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गुडविल फाइनान्स, शिवम् सिमेन्ट्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लगायत १६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ६० स्टकको मूल्य घट्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयरमूल्यमा ७.६४ प्रतिशतको गिरावट आएको छ ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ८३ करोड १३ लाख रुपैयाँबराबरको किनबेच भएको छ। हिमालयन रि इन्स्योरेन्सको ४८ करोडभन्दा बढी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३० करोडभन्दा बढीको कारोबार भएको छ ।  

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। 

प्रकाशित: ५ आश्विन २०८२ १५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App