२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

मध्यपूर्वी संकटप्रति सरकार चिन्तित छ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले मध्यपूर्वी क्षेत्रमा पछिल्लो समय विकसित घटनाक्रम र इरान वरपर बढ्दो तनावप्रति नेपाल सरकार गम्भीर रूपमा चिन्तित रहेको बताएकी छन्। राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले उक्त क्षेत्रको परिस्थितिलाई सरकारले सूक्ष्म रूपमा नियालिरहेको बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले संकटग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा सरकारको मुख्य चासोको विषय बताउँदै संकटमा परेका नेपालीहरूलाई सुरक्षा प्रदान गर्नु हाम्रो ठूलो दायित्व रहेको बताएकी हुन्। ‘हामी हरदम तपाईंहरूको साथमा छौँ। नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ,’ प्रधानमन्त्रीले भनिन्।  

सम्बोधनको अन्त्यमा उनले देश इतिहासकै कठिन मोडमा रहेको र यस अवस्थामा नेतृत्व सम्हाल्नु आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएको बताउँदै राष्ट्रिय एकता र धैर्य कायम राख्न सबैसँग आग्रह समेत गरेकी हुन्।  

प्रकाशित: १८ फाल्गुन २०८२ १२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App