१० वैशाख २०८३ बिहीबार
image/svg+xml
अर्थ

नेप्सेमा १८ अङ्कको गिरावट, कारोबारमा सामान्य सुधार

धितोपत्र बजार परिसूचक नेप्से मंगलबार १८.१० अंकले घटेर २८०७.१२ विन्दुमा झरेको छ।

अघिल्लो दिन १३ अंकले ओरालो लागेको बजारले साताको दोस्रो कारोबार दिन पनि सोही लयलाई पछ्याएको हो।

बजार परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। सोमबार ५ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

यस दिन ३४७ कम्पनीका १ करोड ३० लाख १९ हजार कित्ता सेयर ९५ हजार ८०० पटक कारोबार भएका छन्।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन समूहको सूचक १.१६ प्रतिशतले बढेको छ। योबाहेक बाँकी १२ वटै उपसमूहको सूचकमा गिरावट आएको छ।

अन्य उपसमूह सर्वाधिक १.२७ प्रतिशतले ओरालो लाग्दा जलविद्युत् १.२३ र वित्त उपसमूह १.०९ प्रतिशतले घटेका छन्।

समग्र बजार राताम्मे देखिए पनि तीनवटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य १५ प्रतिशतले बढेको हो।

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य करिब १५ प्रतिशत र एशियन हाइड्रोपावरको करिब ११ प्रतिशतले वृद्धि भएको छ।

यस दिन २१५ कम्पनीको सेयर मूल्य घट्दा ४८ कम्पनीको बढेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो। दोल्ती पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ८.७१ प्रतिशत गुमाएका छन्।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो, जसको ३७ करोड ७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो।

यस्तै, रिलायन्स स्पिनिङ मिल्स ३० करोड र नेसनल हाइड्रोपावर २३ करोड ५० लाख रुपैयाँको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

प्रकाशित: ८ वैशाख २०८३ १५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App