२९ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

एनसेलको ‘सेफर इन्टरनेट टुगेदर’ कार्यक्रम सुरु

सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा मंगलवार एनसेल फाउन्डेसन र नासा सेक्युरिटिजले देशव्यापी रूपमा ‘सेफर इन्टरनेट टुगेदर (एसआइटी)’ कार्यक्रम सुरु गरेका छन्।

यो सामाजिक अभियानले देशभरका विद्यालयमा पुगेर साइबर सुरक्षा, तथ्यांक गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षहरूबारे विद्यार्थीलाई ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ। यसबाट ५० हजारभन्दा बढी विद्यार्थी, शिक्षक तथा समुदाय सदस्यहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

हाल नमुना परियोजनाका रूपमा अघि सारिएको यो कार्यक्रमअन्तर्गत बागमती, गण्डकी र मधेस प्रदेशका सरकारी, सामुदायिक तथा निजी विद्यालयहरूमा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरी साइबर सचेतना सत्रहरू सञ्चालन गरिनेछ।

इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तक पनि तयार पारिएको छ। ती पुस्तक कार्यक्रमपश्चात् सम्बन्धित विद्यालयका सहभागी छात्र, छात्राहरूलाई वितरण गरिनेछ। पहिलो चरणमा तीन प्रदेशमा सफल कार्यान्वयन गरिएपछि यो अभियान आगामी आर्थिक वर्षमा अन्य प्रदेशमा पनि सञ्चालन गरिने योजना रहेको छ।

प्रकाशित: २९ माघ २०८२ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App