१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

जेन-जी प्रदर्शनमा सुरक्षित महानगरको कार्यालय, वडा नम्बर ३२ मा अधिक क्षति

जेन-जी प्रदर्शनको असर देशभर पर्‍यो । राजनीतिक दल सत्ताच्यूत नै हुनुपर्‍यो । प्रतिनिधि सभा विघटन भइ देश अन्तरिम सरकारको नेतृत्वमा चलिरहेको छ ।  

अहिले आन्दोलनका क्रममा भएको क्षति विवरण संकलनको कार्य जारी छ । काठमाडौं महानगरपालिका भित्रको क्षति संकलन गर्दा मेयर बालेन कार्यालय भएको महानगरका भवन र कार्यालय सुरक्षित रहँदा अन्य जन दलगत जनप्रतिनिधि नेतृत्वको कार्यालयमा क्षति पुगेको छ ।  

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा काठमाडौं महानगरपालिकाले ६३ लाखको क्षति भएको छ । कामपाका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार कामपा–३२ को वडा कार्यालय भवनमा धेरै क्षति भएको छ । वडा १३ मा आंशिक क्षति भएको छ ।  

कामपा–३२ मा सबैभन्दा बढी क्षति पुगेकाले हालसम्म पनि कार्यालयबाट नागरिकलाई सेवा प्रदान गर्न नसकिएको उनले बताए । सहायक प्रवक्ता काफ्लेका अनुसार कामपा–६ को वडा कार्यालय, वडा नं ७ मा आंशिक रूपमा क्षति भएको छ । बग्गी खानामा रहेको नगरप्रहरी बिट पूर्ण रूपमा क्षति भएको बताउँदै उनले मीनभवनस्थित नगरप्रहरीको पूर्व क्षेत्रमा रहेको कार्यालय पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिए ।  

कामपाले प्रदर्शनका क्रममा क्षति भएका र मर्मत गरेर सञ्चालन गर्न सकिने कार्यालयहरूको सरसफाइ, मर्मत र रङरोगनको काम गरिरहेको प्रवक्ता काफ्लेले बताए । उनका अनुसार प्रदर्शनका क्रममा टुटफुट भएका विद्युतीय सामग्रीहरू खरिद गर्ने काम पनि आवश्यकताअनुसार भइरहेको छ ।  कामपा–३२ वडा कार्यालयबाट कहिले नागरिकलाई सेवा प्रदान गर्न सकिन्छ भन्ने विषय अझै अन्यौल रहेको उनले बताए । 

प्रकाशित: ११ आश्विन २०८२ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App