नेपालको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लमिनार टायल्सले नयाँ प्रडक्ट ‘मोनोलिथ डिजिटल फुल–बडी’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार मोनोलिथ डिजिटल डिजाइन र फुल–बडी प्रविधिको संयोजनमा आधारित छ।
कम्पनीका प्रबन्ध निर्देशक अशुतोष खेतानले मोनोलिथमार्फत आफूहरूले प्राकृतिक ढुंगाको सुन्दरता प्रस्तुत गरेको बताए।
प्रतिकूल वातावरण र दीर्घकालीन प्रयोगमा पनि टायलले आफ्नो गुणस्तर कायम राख्ने उनको भनाइ छ। मोनोलिथलाई आधुनिक घर तथा सार्वजनिक स्थानमा प्रयोग गर्न तयार गरिएको हो । कम्पनीले यसलाई सन्तुलित र टिकाउ टायलका रूपमा प्रस्तुत गरेको छ।
यो टायलमा चुनढुंगा, बालुवा, खरानी, स्लेट र ज्वालामुखीय काँच (ओब्सिडियन) जस्ता प्राकृतिक तत्त्व मिसाइएको छ।
प्रकाशित: २७ माघ २०८२ ०९:२८ मंगलबार





