मेटलाइफ नेपालले नेपाल सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। मेटलाइफ नेपालले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई उक्त सहयोग रकम औपचारिक रूपमा हस्तान्तरण गरेको हो।
देशको भौतिक संरचनाहरूको पुनःनिर्माण तथा जनजीवनलाई सहज बनाउने सरकारको पहलमा साथ दिनु नै यस सहयोगको मुख्य उद्देश्य रहेको मेटलाइफ नेपालले जनाएको छ। कम्पनीका अनुसार पुनःनिर्माण कोषमार्फत गरिने लगानीले स्थानीय समुदायको दिगो विकास, पूर्वाधार सुधार तथा जोखिम न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
प्रकाशित: १७ पुस २०८२ १९:२० बिहीबार





