२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अर्थ

पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत

पूर्वाधार विकास कार्यालय झापाको गत आर्थिक वर्ष २०८१/८२ मा पुँजीगततर्फ एक अर्ब १५ करोड ९१ लाख तीन हजार रुपैयाँ खर्च भएको छ। उक्त खर्च पुँजीगततर्फ विनियोजित रकमको ८८ प्रतिशत हो।

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुसार प्रदेश स्रोत, सङ्घ सशर्त र समपूरक गरी जम्मा एक अर्ब ३१ करोड ६४ लाख  पुँजीगततर्फ विनियोजन भएको थियो। ‘चालुतर्फ विनियोजित दुई करोड ६८ लाख ८० हजारमध्ये दुई करोड २३ लाख २६ हजार अर्थात् ८३ प्रतिशत रकम खर्च हुँदा समग्रमा जम्मा खर्च ८७ दशमलव ९५ प्रतिशत भएको छ’ उनले भने। 

झापा र इलाम दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयले गत आवमा झापामा दुई र इलाममा दुई गरी चार वटा मोटरेवल पुल निर्माण सम्पन्न गरेको सूचना अधिकारी इन्जिनियर खरेलले जानकारी गराए। 

उनका अनुसार गत आवमा १० दशमलव २१ किलोमिटर सडक कालोपत्रे, ३५ दशमलव ६६ किमी सडक ग्राभेल, तीन किमी सडक मर्मत, २७ दशमलव ७६ किमी कच्ची सडक, पाँच दशमलव ७५ किमी सडक सोलिङ्ग, एक दशमलव ८५ किमी सडक ढलान गर्ने काम सम्पन्न भएको छ। 

झापा जिल्लामा दुई बहुवर्षीय सडकको २७ दशमलव ८५ किमी निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ। रासस

प्रकाशित: १९ श्रावण २०८२ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App