९ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

ज्ञानेन्द्र शाही भन्छन्ः मुलुकका उद्योग बन्द गरेर विदेशी सामान आयात गर्ने चाल चलिँदै छ

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकका  उद्योग बन्द गरेर विदेशी सामान आयात गर्ने चाल चलिँदै  गरेको आरोप लगाएका छन्।  मुलुक सिमेन्ट उद्योगमा र सरिया,  रड ,छड उद्योगहरू आत्मनिर्भर मात्र होइन अरबौँ रुपैयाँको विदेश  निर्यात गर्न सक्ने भइसकेको अवस्थामा यिनलाई  बन्द गरी  विदेशी सामान आयात गर्नका लागि एउटा  ठुलो रणनीतिक चाल चलिँदै गरेको आरोप लगाएका हुन्।  

‘२०४६÷४७ सालमा मा जसरी ४४ वटा उद्योगधन्दा बन्द गरियो। त्यस्तै नयाँ रणनीतिका लागि विदेशीले नयाँ पपुलर अनुहारको सहारा लिँदैछन्,’ शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले जनतालाई यो कुरा राख्दा हाम्रो कुराको विश्वास गर्दैनन् किनकि उनी व्यक्ति अहिले अत्यन्तै पपुलर  छन्।’  

नेपालका उद्योग कलकारखाना बन्द गर्ने विदेशी सामान आयात गर्नलाई नै हो भन्दै त्यस्तो नगर्न चेतावनी दिएका छन्। ‘यस्ता गलत हर्कत बन्द गर्नुहोस् होइन भने एकदिन जनताले यो कुरा थाहा पाउनेछन्,’ उनले लेखेका छन्, ‘आज जस्तै जनताको हजुरलाई भगवान् भन्दै पुजेका छन् त्यति नै त्यो दिन जनताको राक्षस भन्दै गाली गर्नेछन्। किनकि सत्य कहिले लुक्दैन र सत्य एक दिन अवश्य प्रकट हुनेछ।’संसारका कुनै पनि देश र उद्योग धन्दा बन्द गरेर सफल र सक्षम नहुने  उनले बताएका छन्।

प्रकाशित: १० कार्तिक २०८२ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App