३० भाद्र २०८३ मंगलबार
image/svg+xml
अर्थ

नौ सयले घट्यो सुन

आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको हो।

आज सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। सोमबार भने चाँदीको मूल्य ४ हजार ६ सय २० रुपैयाँ थियो।

प्रकाशित: ३० भाद्र २०८३ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App