२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

बाख्रा केन्द्रमा घाँस अभाव, २९ जिल्लामा पाठापाठी वितरण

फाइल तस्बिर

तनहुँको बन्दीपुरमा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयले २९ जिल्लामा प्रजनन योग्य पाठापाठी वितरण गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा २९ जिल्लामा प्रजनन योग्य पाठापाठी वितरण गरेको हो।

कार्यालयले १९१ पाठापाठी वितरण गरेको वरिष्ठ कृषि अधिकृत बुद्धिराम आचार्यले जानकारी दिए। उनका अनुसार १४८ बोका र ४३ पाठी वितरण गरिएको छ। शुद्ध बोर, शुद्ध सानन, जमुनापारी, शुद्ध खरी, शुद्ध सिन्हाललगायत विभिन्न प्रजातिका पाठापाठी वितरण गरेको आचार्यले बताए।

उनका अनुसार शुद्ध बोर ५० वटा धादिङ, गोरखा, तनहुँ, दोलखा, सल्यान, लमजुङ, रसुवा, कास्की, बैतडी, सुर्खेत, स्याङ्जा, नुवाकोट, सिन्धुली, रोल्पा, धनुषा, अर्घाखाँची र बारामा वितरण गरिएको छ। बोर ९८.४४ प्रतिशत एउटा गोरखामा, बोर ९६.८७ प्रतिशत १० वटा पर्वत, धादिङ, कास्की, नुवाकोट, गोरखा, सिन्धुली र धनुषामा वितरण गरिएको छ। बोर ९३.७५ प्रतिशत १८ वटा गोरखा, धादिङ, कपिलवस्तु, काठमाडौं, स्याङ्जा, दोलखा, धनुषा, तनहुँ र बारामा वितरण गरिएको आचार्यले बताए।

यसैगरी बोर ८७.७५ प्रतिशत ३१ गोरखा, धादिङ, काठमाडौं, स्याङ्जा, तनहुँ, बारा, सल्यान, नुवाकोट, नवलपरासी (बसपु) र लमजुङमा वितरण गरिएको छ। बोर ७५ प्रतिशत २० वटा धादिङ, सिराहा, काठमाडौं, कास्की, गोरखा, तनहुँ, नवलपरासी (बसपु), लमजुङ, सिन्धुली र बारामा वितरण गरिएको जनाइएको छ। बोर ५० प्रतिशत २० वटा काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र गोरखामा, सानन ९६.८७ प्रतिशत ६ वटा धनकुटा, सुर्खेत, बैतडी, ताप्लेजुङ, नुवाकोट र गुल्मीमा वितरण गरिएको छ।

सानन ९३.७५ प्रतिशत एउटा पर्वतमा, सानन ८७.५ प्रतिशत एउटा गुल्मीमा, सानन ७५ प्रतिशत ६ काठमाडौं, कास्की, रसुवा र बैतडीमा, सानन ५० प्रतिशत रसुवामा, जमुनापारी ५० प्रतिशत एउटा नवलपुरमा, शुद्ध खरी २० वटा नवलपुर, सुर्खेत, मकवानपुर, तनहुँ र गोरखामा र शुद्ध सिन्हाल एउटा काठमाडौंमा वितरण गरिएको जनाइएको छ।

कार्यालयले बाख्राको अनुसन्धानका लागि विभिन्न जिल्लामा स्रोत केन्द्र स्थापना गरिएको छ। तनहुँको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको निलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन्।

केन्द्रमा बाख्रालाई चरनको घाँसमा बाह्य जनावरबाट क्षति हुने समस्या छ। त्यस्तै हिउँद र सुख्खा मौसममा बाख्रालाई घाँसको कमी हुने गरेको छ। त्यसका लागि सरपानी र आले गाउँमा जमिन सम्याई घाँस लगाइएको छ।

कूल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राका लागि डाले घाँस, भुइँ घाँसको खेती गरिएको छ। बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायोलगायतका घाँस खुवाउने गरिएको छ। रासस

प्रकाशित: ११ आश्विन २०८२ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App