२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

खाद्यले सोमबारदेखि छुट मूल्यमा चामल बेच्ने

खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले सोमबारदेखि छुटसहितको मूल्यमा चामल बिक्री गर्ने भएको छ । 

खाद्यले हरेक वर्ष चाडपर्वमा छुट दिएर बिक्री वितरण गर्दै आइरहेको छ । शाखा प्रवन्धक शर्मिला मिश्रका अनुसार अरुवा सोना मन्सुली चामल र स्टिम जिरा मसिनो चामलमा प्रति क्विन्टल ५ सय रुपैयाँ छुट दिने भएको छ ।  

मिश्रका अनुसार छुट अवधिभर अब अरुवा सोना मन्सुली चामल प्रति क्विन्टल ५ हजार ९ सय रुपैयाँ र स्टिम जिरा मसिनो चामल प्रति क्विन्टल ८ हजार ५ सय रुपैयाँमा बिक्री हुने छ ।  

छुट हुनु भन्दा पहिले अरुवा सोना मन्सुली चामल प्रति क्विन्टल ६ हजार ४ सय र स्टिम जिरा मसिनो चामल प्रति क्विन्टल ९ हजार रुपैयाँमा बिक्री हुँदै आएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले जनाएको छ ।  

छुट मूल्य २०८२ साल भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्म कायम हुनेछ । 

प्रकाशित: २९ भाद्र २०८२ १७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App