२ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

देशभरका दुई दर्जन होटलमा आगजनी हुँदा २५ अर्बको क्षति

क्याप्शन

जेन-जी प्रदर्शनका क्रममा देशभरका दुई दर्जन होटलमा आगजनी भएको छ । यो आगजनीबाट २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।

होटल संघ नेपालले एक विज्ञप्ति जारी गरी यो हप्ताको परिवर्तनकारी आन्दोलनका क्रममा झन्डै २ दर्जन होटलमा ठूलो क्षति पुगेको उल्लेख गरेको छ ।  

संकलित प्रारम्भिक तथ्यांकअनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रका छन् ।  

स्वदेशी तथा विदेशी ब्राण्डसमेतका चर्चामा रहेका होटल प्रतिष्ठानमा भएका तोडफोड, आगजनी, लुटपाटबाट काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै ८ अर्ब भन्दा बढीको क्षति भएको छ ।  

जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रभावित होटल मर्मत संभार, पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने हुँदा करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजिरोटीमा समेत प्रत्यक्ष प्रभाव पर्ने र हाल सञ्चालनअवरुद्ध भएका यी होटलले व्यहोर्नु पर्ने बैंक-वित्तीय संस्था लगायतका आर्थिक दायित्व नियमित रुपमा तिर्न बुझाउन असमर्थ रहने देखिएको छ ।’

प्रकाशित: २७ भाद्र २०८२ १२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App