२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अर्थ

अर्थमन्त्रीको बैंक व्यालेन्स एक करोड ९० लाख, ऋण ३ करोड ५५ लाख

अर्थमन्त्रीले आफ्नो बैंक खातामा एक करोड ९० लाख रुपैयाँ हुँदा तीन करोड ५५ लाख ऋण रहेको विवरण सार्वजनिक गरेका छन् । मन्त्री वाग्लेले आफूसँग ४५ तोला सुन रहेको पनि खुलाएका छन् ।

आज सार्वजनिक सम्पत्ति विवरणमा अर्थमन्त्री वाग्लेले पारिवारिक र रोजगारीबाट कमाएको रकमबाट जोडेको ४५ तोला सुन रहेको खुलाएका हुन् ।

त्यस्तै उनले सानिमा मिडल तमोर हाइड्रोमा प्रमोटर सेयर ७१ हजार ९३ कित्ता, सांग्रिला विकास बैंकमा प्रमोटर सेयर २५ हजार ७६२ कित्ता रहेको खुलाएका छन् ।

उनले नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ, ठूलो लखोलामा ६० लाख, अपर मादी हाइड्रोमा ३ करोड रुपैयाँ रहेको पनि उल्लेख गरेका छन् ।

उनले आफूसँग ९४ लाख रुपैयाँको गाडी रहेको पनि वाग्लेले खुलाएका छन् । 

प्रकाशित: २९ चैत्र २०८२ २०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App