१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

पदभार लगत्तै भ्रष्टाचारविरुद्ध अर्थमन्त्री खनालको संकल्प

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले जेन-जी आन्दोलनको म्यान्डेट अनुसार भ्रष्टाचारविरुद्ध प्रतिबद्ध हुन कर्मचारीलाई निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेपछि कर्मचारीलाई निर्देशन दिँदै खनालले भ्रष्टाचारविरुद्ध ज्यान गुमाएका युवालाई स्मरण गर्दै भ्रष्टाचार नगर्ने संकल्प गर्नुपर्ने बताए।

‘युवाले भ्रष्टाचार र बेथितिविरुद्ध आहुति दिएर यो परिस्थिति सृजना भएको हो,’ खनालले भने, ‘हामी सबैले पहिलो संकल्प भ्रष्टाचारविरुद्ध गर्नुपर्छ।’ ‘अब आइन्दा जानेर त गर्ने कुरा भएन। कुनै गुन्जाइस नराखी काम गर्नुहोला,’ खनालले भने, ‘करदाताको सार्वजनिक सम्पत्ति कतै दुरुपयोग भयो कि भन्ने विषयमा विशेष चनाखो हुनुपर्छ।’ 

कसैले गल्ती गरे माया नहुने उनले बताए। अर्थ प्रशासनमा अब्बल रहेका खनालले आफूले तलब, आवास, सवारीलगायत कुनै सेवा सुविधा नलिने घोषणा गरिसकेका छन्।

प्रकाशित: ३० भाद्र २०८२ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App