२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अर्थ

महिला उद्यमी महासंघ: अर्पना प्रधानको अध्यक्षतामा बागमती प्रदेश कमिटी गठन

महिला उद्यमी महासंघ नेपालको बागमती प्रदेश कमिटी गठन भएको छ ।  

७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गर्दै प्रदेश कमिटी गठन थालेको महासंघको यो चौथो शाखा हो । महासंघले यसअघि कोशी, लुम्बिनी र कर्णालीमा प्रदेश शाखा गठन गरेको थियो । महासंघ अध्यक्ष शोभा ज्ञवालीले चाँडै नै बाँकी रहेका मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा पनि शाखा गठन गर्ने बताइन् ।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा सिंहदरबारमा भएको कार्यक्रमबीच अर्पना प्रधानको अध्यक्षतामा ९ सदस्यीय बागमती प्रदेश कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा गीता अमात्य (नुवाकोट), सचिवमा चित्रा केसी (भक्तपुर) र कोषाध्यक्षमा ज्योत्ना सैजु (काभ्रे) चयन भएका छन् । सदस्यहरुमा मेनुका महतो (रामेछाप), सानुमाया गुरुङ (सिन्धुपाल्चोक), कल्पना श्रेष्ठ (दोलखा), ज्ञानु तामाङ (रसुवा) र सरिधी श्रेष्ठ (मकवानपुर) चयन भएका छन् ।  

नवनिर्वाचित कार्यसमितिलाई केन्द्रीय अध्यक्ष ज्ञवालीले बिहीबार नै पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । सपथपछि कार्यभार सम्हाल्दै नवनिर्वाचित कार्यसमिति सदस्यहरुले महिलालाई आर्थिक तथा सामाजिकरुपमा बलियो बनाउन आफूहरुले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए ।   

प्रकाशित: २९ श्रावण २०८२ १६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App