१ कार्तिक २०८३ शनिबार
image/svg+xml
अर्थ

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

कृषि र पर्यटनलाई प्राथमिकता

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले चालु आर्थिक वर्ष २०८३र०८४ का लागि आइतबार प्रदेश सभाको बैठकमा ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजारको बजेट प्रस्तुत गरेका छन्।

गत असार १ गते तत्कालीन आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको बजेटमाथि छलफल पनि सुरु हुन नसकी सरकार ढलेकाले नयाँ सरकारका तर्फबाट आइतबार मन्त्री मल्लले बजेट प्रस्तुत गरेका हुन्।

चालु आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्व परिचालनबाट १ अर्ब ७२ करोड, नेपाल सरकार राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६७ हजार, संघीय रोयल्टी बाँडफाँट भई प्राप्त हुने ७ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ अर्ब ६करोड ३३ लाख र आर्थिक वर्ष २०८२÷०८३ को विनियोजनबाट बचत हुने अनुमानित रकम  ९ अर्ब ६५ करोड, सशर्त अनुदानबाट प्राप्त ६ अर्ब ३ करोड ५८ लाख, संघीय सरकार समपूरक अनुदानबाट प्राप्त हुने ३८ करोड ८० लाख, विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ५२ करोड ७६  लाख रुपैयाँ प्राप्त हुने बजेटमा अनुमान गरेको मन्त्री मल्लले बजेट भाषणमा भनेका छन्।

बजेटमा कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ। यसै गरी पूर्वाधार विकास, शिक्षा, स्वरोजकार,उद्योग, जडीबुटी, ऊर्जा, सामाजिक न्याय, खानेपानी रोजगारमूलक लगायतका कार्यक्रमलाई बजेटमा राखिएको छ।

यसअघि गत असार १ गते मध्यराती तत्कालीन आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागी ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गरेका थिए।

विवादका कारण ३ साता पछि मात्र प्रदेश सभामा टेबल भएको उक्त बजेट माथि छलफल सुरु नै हुन सकेन।

बजेटको विवाद उत्कर्षमा पुगेर नेपाली कांग्रेस र नेकपा एमाले बिचको सत्ता गठबन्धन टुटेर सरकार ढल्यो। नेकपा र एमालेको गठबन्धनमा गत २९ साउन सुदूरपश्चिममा नयाँ सरकार गठन भएको हो।

प्रकाशित: २५ आश्विन २०८३ १६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App