नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोटर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्स्पो उदघाटन गरेका छन्।
अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत स्थिरतालाई ध्यानमा राखी बजेटमा करको दर यथावत् राखेको बताए। सडकविना अटोमोबाइल क्षेत्रको विकास हुन नसक्ने पौडेलको भनाइ थियो।
अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको अटोमोबाइल क्षेत्रको नीतिगत स्थिरता आवश्यक रहेको नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा) का अध्यक्ष रितुसिंह वैद्यले बताइन्।

अटो क्षेत्रले ४.७ प्रतिशत रोजगारी सिर्जना गरेको बताइन्। वैद्यका अनुसार एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहने र ३५ भन्दा बढी नयाँ सवारी साधन लन्च गरिएको छ। पाँच दिनसम्म सञ्चालन हुने एक्सपोमा ५० भन्दा बढी ब्रान्डहरूको सहभागिता रहेको छ। प्रदर्शनीमा १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे र ५ वटा कमर्सियल गाडीहरू छन्। एक्स्पोमा सबै ब्रान्डले विद्युतीय सवारीलाई प्रदर्शनीमा राखेका छन् । यसले विद्युतीय सवारीको आकर्षण देखाउँछ।
मेलामा प्यासेन्जर कारतर्फ टोयोटा, एमजी, बिवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केई, किया, लिपमोटर, एलएस अटो, महिन्द्रा, म्याक्सस, माज्दा, मित्सुविसी, निसान, ओमोडा/जेको, प्युजो, प्रोटोन, रेनो, भक्सवागन, जिकर लगायतका स्टल रहेका छन्।
यसैगरी टु–ह्विलरतर्फ बजाज, होन्डा, रोयल इनफिल्ड, एम्पियर, एथर, बेनेली, सिएफ मोटो, गोगोरो, केटिएम, महिन्द्रा, एनआइयु, रेभोल्ट, सेगवे–नाइनबोट, सुजुकी, ट्रयम्फ, टिभिएस, अल्ट्राभ्वाइलेट, याडिया र जिहो सहभागी हुँदैछन् भने कमर्सियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, क्यारी, किङलङ र सनलङ ब्रान्ड सहभागी छन्।
गाडी व्यापारीलाई दसैं सुरु भयो

‘नेपाल नाइमा मोबिलिटी एक्स्पो, २०२५’ मा धेरै ब्रान्डका गाडी राखिएका छन्। गाडी व्यापारीलाई दसैं सुरु भएको छ। यो व्यापारीले गाडी बेच्ने उपभोक्ताले किन्ने थलो हो। प्रयोगकर्ताले छनोट अनुसार सवारी साधन किन्न सक्छन्। नेपालमा मोबिलिटी क्षेत्रको विकासका लागि नीतिगत स्थिरता आवश्यक छ। नीतिगत स्थिरताका लागि राजनीतिक स्थिरता जरुरी छ।
बजारले डिमान्ड गरेका विवाइडी डल्फिन लन्च

नाइमामा विवाइडीको डल्फिनका दुई भेरियन्ट लन्च गरिएको छ। बजारले डिमान्ड गरेका गाडी लञ्च गरेका छौं। हामी नाइमा र नाडा दुबैतिर छौं । विवाइडीको इलेक्ट्रिक ह्याचब्याक बिवाइडी एट्टो १ लन्च गरेको छ। विश्वव्यापी रूपमा बिवाइडी सिंगल, बिवाइडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बिवाइडी एट्टो १ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर आएको छ।
वर्ल्ड कार अवाड्र्समा वर्ल्ड अर्वन कार अफ द इयर २०२५ को उपाधिसमेत प्राप्त गरेको सो प्रतिष्ठित ईभीले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई एक कदम अगाडि बढाएको छ। बिवाइडी एट्टो १ यो एक इन्ट्री लेभल ईभी मात्र होइन कम्प्याक्ट इलेक्ट्रिक मोबिलिटीतर्फको क्रान्ति समेत हो। यो वर्तमानको अर्वन लाइफस्टाइल र भोलिको हरित भविष्यका लागि डिजाइन गरिएको हो।
बिवाइडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सिटिबी) टेक्नोलोजी छ, जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ, जुन इभीका लागि विशेष रूपमा बनेको छ।
नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बिवाइडी एट्टो १ इभी उपलब्ध हुने छन्। डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटिपी रेन्ज दिन्छ। त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ। यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रूपैयाँ हुनेछ।
नाइमामा विशेष अफर नाइमा नेपाल मोबिलिटी एक्सपोमा यो गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष अफर उपलब्ध हुनेछ। यसअनुसार नगद छुट, निःशुल्क एक वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिजका साथै १० वर्षसम्म निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन उपलब्ध हुनेछ।
बिवाइडी एट्टो १ ले अत्याधुनिक अन्तर्राष्ट्रिय डिजाइन, शहरी उपयोगिता र अतुलनीय सुरक्षाको दुर्लभ संयोजनको प्रतिनिधित्व गर्छ। बिवाईडी एट्टो १ को लन्चसँगै साइमेक्स इंकले नेपाललाई सफा, स्मार्ट र अझै समावेशी विद्युतीय भविष्यतर्फ अगाडि बढाउने आफ्नो लक्ष्यलाई अझ सशक्त बनाएको छ।
महिन्द्राका तीन वटा गाडी लञ्च गरेका छौं

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ महिन्द्राका नयाँ इभी बिई ६, एक्सइभी ९ ई सहित तीन वटा गाडी लन्च गरेका छौं। नयाँ भएकाले मूल्य पनि बजारमा अपेक्षा गरेभन्दा कम छ। नयाँ गाडीहरू प्रविधिमा उत्कृष्ट छन्। डिजाइन पनि बेष्ट छन्। इन्फिनिटी भन्ने छुट्टै कम्पनीले गाडी उत्पादन गरेर महिन्द्राले मार्केटिङ गरेका गाडी ल्याएका हौं।
महिन्द्राको बिई–६ र एक्सइभी–९ इबिई ६ को मूल्य ५७ लाख र एक्सइभी ९ इको मूल्य ६९ लाख रूपैयाँ छ। भारतीय बजारमा निकै नै रुचाइएका यी मोडल नेपाली बजारमा पनि धेरैको रोजाइमा पर्ने अपेक्षा गरिएको छ। दुवै गाडीमा ९९ किलोवाटको मोटर छ भने एक्सइभी ९ इको एउटा भेरिएन्टमा १९९ किलोवाटको मोटर छ।
कम्पनीले सो दुबै एसयुभीमा ५९ किलोवाट र ७९ किलोवाटसम्मको ब्याट्री प्याक उपलब्ध गराएको छ। यसमा एलएफपी केमिस्ट्री भएको ब्याट्रीहरू छन् जसलाई अल्ट्रा फास्ट चार्जिङले सपोर्ट गर्छ। यसलाई १७५ किलोवाटको चार्जरको मदतले २० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
एक्सइभी ९ ई र बिई ६ को ५९ किलोवाट ब्याट्री प्याकले २३१ एचपीको पावर उत्पादन गर्छ र ७९ किलोवाट ब्याट्री प्याकले २८६ एचपीको पावर र ३८० एमएमको टर्क जेनेरेट गर्छ। यी दुवै एसयुभीहरू ६.७ सेकेन्डमा ०–१०० किलोमिटर प्रतिघण्टाको गतिमा चलाउन सकिन्छ। बीई ६ ले सिंगल चार्जमा ६८२ किलोमिटर र एक्सईभी ९ ई ले सिंगल चार्जमा ६५६ किलोमिटर रेन्ज प्रदान गर्छ । महिन्द्राका यी दुवै इलेक्ट्रिक एसयुभीमा लाइफटाइम ब्याट्री वारेन्टी दिइएको छ।
अन्तर्राष्ट्रिय स्तरको अटो सो

मोबिलिटी क्षेत्रको सरोकारवालाको आवाजलाई सरकार समक्ष पुर्याउन पहल गरिरहेका छौं। मोबिलिटी क्षेत्रले विभिन्न समस्या झेलिरहेका छन्। अन्तर्राष्ट्रिय स्तरको अटो सो नभएकाले हामीले नाइमा अटो सो आयोजना गरेका हौं। यहाँ विभिन्न कम्पनीका गाडीका बिक्रेतासँग अन्तरक्रिया गर्ने अवसर प्राप्त गर्न सहयोग पुगेको छ।
सारडा ग्रुपले तीन वटा ब्रान्ड नाइमामा प्रस्तुत गरेका छौं। ‘जेइको जे ५’ सार्वजनिक गरिएको छ। ओमोडा र जेइको लाइनअपसँगै नयाँ जे ५ ले नेपाली बजारमा नयाँ प्रिमियम एसयूभीको लाइनअप ल्याएको छ। सहरी सडकदेखि अफरोड यात्रासम्म सहज बनाउन तयार पारिएको जेइको जे ५ ले उत्कृष्ट डिजाइन, प्रदर्शन र लक्जरीको सम्मिश्रण प्रस्तुत गरेको छ।
रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ एमएमको ग्राउन्ड क्लियरेन्स, १८ इन्च स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेसजस्ता बेस्ट–इन–क्लास विशेषताहरूले यसलाई नेपाली उपभोक्ताहरूको लागि एक विशेष विकल्प हुन सक्छ।
नाइमा एक्सपो विशेष अफरअन्तर्गत, जेइको जे ५ को मूल्य ६० लाख ९९ हजार रूपैयाँ तोकिएको छ। यद्यपि ग्राहकले यसलाई हाल ५६ लाख ९९ हजार रूपैयाँमा बुकिङ गर्न सक्छन्। ओमोडा र जेइकोका अन्य मोडलमा समेत कम्पनीले विशेष मूल्य उपलब्ध छ। पहिले ६१ लाख ९९ हजारमा उपलब्ध ओमोडा इ ५ नाइमा विशेष मूल्यको रूपमा ५४ लाख ९९ हजार रूपैयाँमै उपलब्ध छ।
त्यसैगरी, जेइको जे ६ पहिले ६९ लाख ९९ हजारमा उपलब्ध भएकोमा नाइमा विशेष मूल्यको रूपमा ६५ लाख ९९ हजारमै उपलब्ध छ। नाइमा मोबिलिटी एक्स्पो २०२५ मा ओमोडा वा जेइकोका कुनै पनि मोडल बुक गर्ने सबै ग्राहकले विशेष अफर र छुटहरूको फाइदा लिन सक्छ।
लिपमोटर गाडीमा विशेष अफर

लिप मोटरले बि १० इलेक्ट्रिक एसयुभी विशेष प्रारम्भिक मूल्यमा सार्वजनिक गरेको छ। चिनियाँ इलेक्ट्रिक सवारी निर्माता लिपमोटरले आफ्नो नयाँ इलेक्ट्रिक एसयुभी बी १० नाइमा मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको हो। यो गाडीको मूल्य विशेष प्रारम्भिक अफर अन्तर्गत ४९.९९ लाख राखेको रहेको छ। जुन अघिल्लो घोषणा गरिएको मूल्य ६० लाखभन्दा कम हो।
बी १० मा १६० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ। जसले २४० एनएमको टर्क प्रदान गर्छ। यसमा ६७.१ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्याक रहेको छ। जसले पूर्ण चार्जमा ४६० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ।
लिपमोटरको इभी प्लेटर्फम ३.५ मा निर्माण गरिएको यो गाडीको ग्राउन्ड क्लियरेन्स १८० मिलिमिटर रहेको छ, जसले सहरका सडकसँगै हल्का अफ–रोड अवस्थालाई पनि सजिलै सामना गर्न सक्ने बनाएको छ।
हामीले एक्स्पोमा भाग लिनुको मुख्य उद्देश्य ब्रान्डको उपस्थिति प्रवर्द्धन गर्नु हो। लिपमोटरलाई नेपालको वृद्धोन्मुख इभी बजारमा स्थापित गर्नु हो। कुनै पनि अटो सोको प्रमुख उद्देश्य उत्पादन प्रदर्शन गर्नु हो। हामीसँग मुख्य धारमा प्रवेश गर्न सक्ने गाडी छ भन्ने देखाउन यहाँ आएका हौं।
प्रकाशित: २२ श्रावण २०८२ ०८:३३ बिहीबार





