२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्यो, पेट्रोल यथावत्

नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ।

आइतबार राति १२ बजेदेखि लागू हुनेगरि डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले घटाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले बताए।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेको छ।

पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ। यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ९६ पैसा, पेट्रोलमा ०.२१ पैसा र हवाई इन्धनमा १ रुपैयाँ ४८ पैसा घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो।

डिजेलको मूल्य लिटरको काठमाडौं उपत्यकामा १४४ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलोलिटर ७ डलर घटाएको छ।

उपभोक्ता वर्गको हितलाइ ध्यानमा राखी निगमले स्वचालित मूल्य प्रणालिलाई विशेष महत्वका साथ निरन्तर लागु गरिरहेको कार्यकारी निर्देशक भट्टले बताए।

प्रकाशित: १५ भाद्र २०८२ २०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App