२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

दसैंका लागि मुस्ताङ हुँदै भक्तपुरमा ल्याइयो च्याङ्ग्रा

दसैंका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइएको छ। सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा ती च्याङ्ग्रा राखिएको हो। गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्रा मूल्य पनि बढेको छ।

भक्तपुरका साथै काठमाडौं, ललितपुर, काभ्रलगायत क्षेत्रका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आउन थालेका छन्। व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा एक हजार ३०० सम्ममा बिक्री गरिरहेका छन्। गतवर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो एक हजार ५० मा बिक्री भएको थियो। 

रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठले गतवर्ष भन्दा यसवर्ष मुस्ताङको घारमा महँगोमा किन्नु परेकाले यहाँ पनि मूल्य बढेको बताए। सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै उनले भने, ‘चीनबाट मुस्ताङसम्म ल्याइएका च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा प्रतिगोटा ४० देखि ४५ हजारसम्म तिुर्न परेकाले यसवर्ष महँगो भएको हो।’

च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो र ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गर्नुपर्ने बताउँदै श्रेष्ठले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनु पर्ने र यहाँ किलोमा बिक्री गगर्नु परेकाले उपभोक्तालाई महँगो पर्ने गरेको उल्लेख गरे।

व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रतिकिलो एक हजार ३५० सम्ममा बिक्री गरिरहेको जनाउँदै मुस्ताङमा बढी मूल्य दिरेर खरिद गरिएकाले यसवर्ष महँगोमा बिक्री गर्नुपरेको बताए।

च्याङ्ग्रा ल्याउँदा यसवर्ष विभिन्न ठाउँमा करिब ३० हजार कर तिरेको जनाउँदै खड्काले सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई प्रतिव्यापारीले २५ हजार कर तिर्नुपरेको बताए।

प्रकाशित: ८ आश्विन २०८२ १८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App