३ आश्विन २०८२ शुक्रबार
image/svg+xml ४:० पूर्वाह्न
अर्थ

सोमबार बेलुकासम्म चितवनको समस्या समाधान हुन्छ: कार्यकारी निर्देशक शाक्य

चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन पुगेका छन्।

सकेसम्म आजैबाट विद्युत् आपूर्ति नियमित गर्ने तयारीमा प्राधिकरणको प्राविधिक टोली खटिरहेका बेला शाक्य पनि सोमबार बिहानै चितवन पुगेका हुन्।

‘चनौली शाखामा देखिएको समस्या समाधानका लागि मर्मत कार्य जारी छ,’ सोमबार बिहान चितवन पुगेका शाक्यले भने,’ ‘प्राविधिक समस्यालाई जति सक्दो छिटो सम्पन्न गरेर नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्नका लागि म अहिले चितवन आइपुगेको छु।’

उनले चितवन पुगेर त्यहाँको प्राविधिक समस्याहरूलाई बुझ्ने, छिटो समाधानको उपाय खोज्नेलगायतका काममा खटिरहेको पनि जानकारी दिए। ‘म बिहान चितवन पुगेको छ । मेरो टिमका साथीहरूसँग पनि यहाँका बारेमा थप जानकारी लिइरहेको छु,’ उनले भने, ‘आज बेलुकासम्ममा चुनौलीको समस्या समाधान हुनेमा आशावादी छौँ । भोलिबाट नियमित विद्युत् आपूर्तिको अवस्थामा पुग्छौँ ।’

निरन्तरको वर्षाको समेत परवाह नगरी प्राधिकरणका प्राविधिक टोली काममा रातभरि पनि खटिरहेको भन्दै उनले जति सक्दो छिटो समाधान हुनेमा आशावादी रहेको बताए।

‘प्राविधिक साथीहरू रातभरि पनि काममा खटिइरहनु भएको छ।  चनौली, हर्दीलगायतका ठाउँमा देखिएको समस्या हामी जतिसक्दो छिटो समाधान गर्छौ,’ उनले भने, ‘आजै भरतपुर वितरण केन्द्रको निरीक्षण गरेर त्यहाँ देखिएका केही समस्याका बारेमा पनि छलफल भएको छ । अब चनौलीपछि जनकपुरसम्म जाने तयारी छ ।’

उनले मधेस प्रदेशको जनकपुर लगायतसम्म पुगेर त्यहाँको डिप बोरिङ जडानका लागि के भइरहेको छ र त्यसले विद्युत् आपूर्तिमा के–कस्तो प्राविधिक समस्याहरू देखिन सक्छ भन्नेलगायतका विषयमा पनि अनुगमन गर्ने र बुझ्ने तयारीमा रहेको जानकारी दिए। 

प्रकाशित: १२ श्रावण २०८२ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App