२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

संविधान दिवसमा जेन-जी र सरोकारवालाको भूमिका बारे अन्तर्क्रिया

जेन-जीको प्रदर्शनपछि उत्पन्न परिस्थितिमा यो वर्षको संविधान दिवस पनि जेन-जी आन्दोलन र जेन-जीले बदलेको परिस्थितिमा केन्द्रित हुने भएको छ ।  

सरकारी तर्फबाट हुने संविधान दिवस विशेष कार्यक्रममा पनि जेन-जी प्रदर्शन र उत्पन्न परिस्थितका विषयले प्रवेश पाउने छन् भने राजनीतिक दलले आयोजना गरेका कार्यक्रममा पनि दलमा जेन-जीको उपस्थिति गराउने र दलगत जेन-जीको प्रयोग बढाउने विषयमा केन्द्रित हुनेछ ।  

यस्तै सामाजिक संघ संस्थाले पनि जेन-जीको अवस्थिति र यो परिस्थितिमा सरोकारवालाको भूमिकाका विषयमा छलफल गर्ने भएका छन् ।  

गैर सरकारी संस्था महासंघले संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा अन्तर्क्रियाको आयोजना गर्दैछ ।  

बदलिँदो परिस्थितिमा जेन-जी र सरोकारवालाको भूमिका विषयमा दिउँसो सवा एक बजेदेखि अन्तर्क्रिया गरिएने गैर सरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।  

यो अन्तर्क्रियामार्फत जेन-जीका आवाज र नागरिक समाजको भूमिकाका विषयमा बहस हुनेछ ।

प्रकाशित: २ आश्विन २०८२ २१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App