२१ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

साढे १७ करोड क्रिप्टो कारोबार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबार गरेको आरोपमा प्रहरीले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। 

१७ करोड ७९ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको आरोपमा ३५ वर्षीय झु यी फेङलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हाे। उनलाइ बिहीबार नियन्त्रणमा लिएको भएपनि प्रहरीले शुक्रबार मात्रै सार्वजनिक गरेको हो। 

उनले सामाजिक सञ्जालबाट नेपाली नागरिकहरूसँग कुराकानी गरी विभिन्न प्रलोभन देखाई विश्वासमा पर्ने र नेपाली नागरिकहरूकै बैंक खाता समेत प्रयोग गरी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। ठगी गरेको रकमलाई उनले क्रिप्टोकरेन्सीमा लगानी गर्दै आएका थिए। उनले १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँबराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।

उनको साथबाट तीन थान मोबाइल र इन्टरनेशनल एक्सप्रेस लेखिएको रकम पठाउन प्रयोग गरिने कागजातहरूसहित नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको छ।  

प्रकाशित: २० चैत्र २०८२ १९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App