हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज (बिहीबार) बिहानदेखि उत्पादन बन्द गरेको छ।
करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो। उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका लागि बोलपत्र आव्हान गरिसकेको छ।
करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगका सहायक प्रवन्धक विकास श्रेष्ठले बताए।
कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेण्ट उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए।
प्रकाशित: ३ वैशाख २०८३ १२:१५ बिहीबार





