झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानाध्यापक उपाध्याय र लेखापाल आचार्य विरुद्ध मुद्दा दायर गरेको हो।
आयोगले ९३ लाख ८३ हजार ३०९ रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवाना सजाय गरी बिगो असुल उपर गर्न माग दाबी गरेको छ।

प्रकाशित: १५ वैशाख २०८३ १४:४३ मंगलबार





