२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

निर्मल पुर्जासँगको तस्बिर राख्दै साेनम कपुरले लेखिन्: प्रिय निम्स दाइ, हार्दिक श्रद्धाञ्जली

भारतीय चर्चित नायिका सोनम कपुरले विश्व प्रशिद्ध पर्वतारोही निर्मल पुर्जाको निधनमा गहिरो दु:ख व्यक्त गर्दै सामाजिक सञ्जालमा उनीसँगको तस्बिर सार्वजनिक गरेकी छन्।  

पाकिस्तानको हिमालमा भएको पुर्जाको निधनलाई अकल्पनीय रहेको बताउँदै उनले उक्त घटनालाई कहिल्यै हुन नपर्ने घटनाका रुपमा उल्लेख गरेकी छन्। सोनमले निर्मललाई निर्भीक, साहसी र दृढ व्यक्तित्वका धनीका रुपमा चित्रण गरेकी छन्। उनले सार्वजनिक गरेको तस्बिरमा सोनमको र पुर्जाको परिवार पनि देख्न सकिन्छ।  

उनले लेखेकी छन्, 

"प्रिय @nimsdai प्रति भावपूर्ण श्रद्धाञ्जली

निर्भीक, साहसी र दृढ व्यक्तित्वका धनी @nimsdai को असामयिक निधनको खबरले सबैलाई स्तब्ध बनाएको छ। उहाँको अनुपस्थितिले परिवार, साथीभाइ तथा उहाँलाई चिन्ने सम्पूर्ण समुदायमा गहिरो शोक छाएको छ।

यस दुःखद घडीमा उहाँकी श्रीमती, परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। साथै, यस घटनामा ज्यान गुमाउने अन्य ९ जना दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै उहाँहरूका परिवार र साथीभाइप्रति पनि गहिरो समवेदना प्रकट गर्दछौं।

यो घटना अत्यन्त दुःखद र कहिल्यै हुन नपर्ने खालको थियो। दिवंगत सबै आत्माहरूले चिरशान्ति प्राप्त गरून्, र शोकसन्तप्त परिवारजनले यो पीडा सहने शक्ति प्राप्त गरून्।

भावपूर्ण श्रद्धाञ्जली।"

प्रकाशित: १७ श्रावण २०८३ १५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App