आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्न लागेका हुन्।
विगतमा अर्थमन्त्रीहरूले छालाको ब्रिफकेसमा बजेटका दस्ताबेज राखेर संसद् लैजाने गरेकामा डा. वाग्लेले यसपटक नेपाली कागजमा बेरिएको बजेटको मस्यौदा सार्वजनिक गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित बैठकमा अर्थमन्त्री डा. वाग्लेले नेपाली कागजले बेरिएको बजेटको प्रति प्रस्तुत गरेका थिए।
यसअघि पूर्वअर्थमन्त्री वर्षमान पुनले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न अल्लोको धागोबाट बनेको ब्याग प्रयोग गरेका थिए भने डा. वाग्लेले मौलिक नेपाली कागजलाई रोजेर नयाँपन दिएका हुन्।
प्रकाशित: १५ जेष्ठ २०८३ १६:१० शुक्रबार



-600x400.jpg)

