१८ माघ २०८२ आइतबार
image/svg+xml
अर्थ

लक्ष्य अनुसार भएन विराटनगर भन्सार कार्यालयको काम

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ७८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।  

विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार विराटनगर भन्सार कार्यालयले साउन महिनामा लक्ष्यको ७८ दशमलव  १४ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो  ।  

साउन महिनाका लागि विराटनगर भन्सार कार्यालयले ३ अर्ब ३८ करोड ७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा  कार्यालयले २ अर्ब ६४ करोड १८ लाख रुपैयाँ मात्रै राजस्व संकलन गर्न सफल भएको छ ।  

गत आर्थिक वर्षको साउन महिनामा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ८० प्रतिशत राजस्व संकलन गरेको थियो । रकमका आधारमा भने गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व बढेको छ ।  

गत वर्षको साउन महिनामा २ अर्ब ६२ करोड ४२ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा निर्यात उल्लेख्य रुपमा बढेको  छ ।  

गत वर्ष २ अर्ब ३८ करोड रुपैयाँका बस्तुहरू निर्यात भएकोमा चालु आर्थिक वर्षको साउनमा ७ अर्ब ४१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । निर्यातसँगै गतवर्षको तुलनाम आयात पनि बढेको छ । गत वर्षको साउनमा १३ अर्ब ६४ करोडको आयात भएकोमा यो वर्ष बढेर २० अर्ब ३६ करोड पुगेको छ ।  

कुल व्यापारमा पनि यो वर्ष वृद्धि भएको छ । गत वर्षको साउनमा  विराटनगर नाकाको कुल व्यापार १६ अर्ब रहेकोमा चालु आर्थिक वर्षको साउनमा बढेर २७ अर्ब ७७ करोड पुगेको  छ । 

प्रकाशित: ७ भाद्र २०८२ १९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App