१२ आश्विन २०८३ सोमबार
image/svg+xml
अर्थ

विराटनगर भन्सारको राजस्व असुली लक्ष्यको ९७ प्रतिशत

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौ महिनामा लक्ष्यको ९७ प्रतिशत राजस्व संकलन गरेको छ। विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार भदौ महिनामा लक्ष्यको ९७.२६ प्रतिशत राजस्व संकलन गरेको हो।

भदौ महिनाका लागि विराटनगर भन्सार कार्यालयले तीन अर्ब ५३ करोड १८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा तीन अर्ब ४३ करोड ५१ लख रुपैयाँ राजस्व संकलन गरेको छ। भदौ महिनाका लागि गत वर्षको सोही महिनाको तुलनामा यो वर्ष बढाएर लक्ष्य निर्धारण गरिएको थियो।

गत वर्षको भदौ महिनाका लागि तीन अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएको थियो। साउनमा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ८८.४७ प्रतिशत मात्रै राजस्व असुली गर्न सफल भएको थियो।

विराटनगर भन्सार कार्यालयले साउन महिनाका लागि तीन अर्ब नौ करोड तीन लाख रुपैयाँ संकलन गर्ने लक्ष्य पाएको भए पनि दुई अर्ब ७३ करोड ३९ लाख रुपैयाँ मात्रै संकलन गरेको थियो।

प्रकाशित: १२ आश्विन २०८३ २०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App