४ असार २०८३ बिहीबार
image/svg+xml
अर्थ

विनियोजन विधेयक बहुमतले पारित

प्रतिनिधि सभाले विनियोजन विधेयक बहुमतले पारित गरेको छ।  

सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटअन्तर्गत विनियोजन विधेयक बिहीबारको प्रतिनिधिसभा बैठकले बहुमतले पारित गरेको हो।  

यसअघि आजै विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिएका थिए। प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएपछि आजको बैठकमा पनि अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले जवाफ दिएका थिए। प्रधानमन्त्री शाह अनुपस्थित भएको भन्दै नेकपा (एमाले)ले आपत्ति जनाएको थियो। 

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बस्नेछ। 

प्रकाशित: ४ असार २०८३ १९:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App