१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

एन्फाले ल्यायो एक अर्ब ५६ करोडको बजेट

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ५६ करोड १७ लाख ८५ हजार रुपैयाँ भन्दा बढीको बजेट पारित गरेको छ ।  

एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा सम्पन्न बैठकले आगामी वर्षको खर्च योजना अन्तिम रूप दिइएको हो । चालु आर्थिक वर्ष सुरू भएको छ महिना बितिसकेको छ ।  

एन्फाले भने बल्लमात्र बजेट पारित गरेको हो । अब यो बजेट खर्च गर्न छ महिनामात्र बाँकी छ । समयमै बजेट आउन नसक्दा एन्फाका विभिन्न गतिविधिहरू रोकिँदै आएको थियो ।  

बजेट स्वीकृत गर्ने निर्णयसँगै, बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि एन्फाको लेखा परीक्षण प्रतिवेदन पनि अनुमोदन गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

एन्फाले यो बजेटलाई देशको फुटबल विकास, प्रतियोगिता सञ्चालन, तथा संघका नियमित कार्यक्रमहरू सञ्चालनका लागि खर्च व्यवस्थापन समेट्ने गर्दै आएको छ ।

प्रकाशित: ४ माघ २०८२ १७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App