२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तारकेश्वरमा २२ करोड खर्च

काठमाडौँको तारकेश्वर नगरपालिकाले प्रथम त्रैमासिकमा २२ करोड १७ लाख रुपैयाँ खर्च गरेको छ। सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको हो।

प्रशासनिक खर्च १३ करोड ६७ लाख ७६ हजार रुपैयाँ र पुँजीगत खर्च आठ करोड ४९ लाख रुपैयाँ रहेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले कागजपत्र र प्रक्रिया मिलाएर आएका कुनै पनि भुक्तानी नगरपालिकाले नरोकेकाले वित्तीय प्रगती बढेको बताए। ‘काठमाडौँभित्रका अन्य नगरपालिकाको तुलनामा तारकेश्वरले उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको छ’, उनले भने।

तारकेश्वर नगरपालिकामा चालु आर्थिक वर्षको बजेट दुई अर्ब छ करोड रुपैयाँ रहेको छ। काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित तारकेश्वर नगरपालिकामा ११ वडा छन्। 

प्रकाशित: १७ कार्तिक २०७९ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App